उवासंघ कोहलपुरको विरोधाभास विज्ञप्ति सार्वजनिक

उद्योग वाणिज्य संघ कोहलपुरले ‘लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर—२०७९’ कै विषयलाई लिएर विरोधाभास विज्ञप्ति सार्वजनिक गरेको छ।

सार्वजनिक विज्ञप्तिमा ‘स्थानीय सरकारले त्रुटीगत निर्णयले महोत्सवबाट संकलित आम्दानीबाट बहुआयामिक भवन निर्माणलाई पूर्णता दिने उद्देश्य प्राप्ती हुन नसक्ने’ उल्लेख गरेको छ।

उवासंघ कोहलपुरले बहुआयामिक भवन निर्माणका लागि भनेर करिब पाँच पटक सम्म महोत्सव सञ्चालन गरिसकेको छ तर अहिलेसम्म पनि भवनको पिल्लर मात्र निर्माण गरेको छ। तर नेपाल घरेलु महासंघ कोहलपुरले महोत्सव सञ्चालन गरेको १ पटकमा नै भवन निर्माण गरेको थियो तर करिब पाँच पटक महोत्सव सञ्चालन गरेको उवासंघले अझै भवन नबनाउनु र सोही भवनका लागि पटक-पटक महोत्सव सञ्चालन गर्नुले काही कतै महोत्सवको नाममा रकम हिनामिना गरेको संकेत समेत गरेको देखिन्छ।

अहिले कोहलपुर नगरपालिकाले मेला महोत्सव सञ्चालनका लागि २०७९-९-११ गते सूचना समेत प्रकाशित गरेको थियो। सोही अनुसार ५ वटा संघ-संस्थाहरुले प्रस्तावना पेश गरेका थिए। सो प्रस्तावमा उवासंघ कोहलपुरको प्र्रस्ताव स्वीकृत भई महोसत्व सञ्चालन गरेको थियो। महोत्सव आज समापन गर्दै उवासंघ कोहलपुरले विरोधाभास विज्ञप्ति सार्वजनिक गरेको छ।


 

प्रकाशित मिति: : 2023-02-26 21:24:00

प्रतिकृया दिनुहोस्