बुधबार, १३ अगस्ट २०२५

महिला हाफ खुल्ला म्याराथनको उपाधि न्यौपानेलाई

File photo
• • •

तेस्रो महिला हाफ खुल्ला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लब काठमाडौँकी पूर्णलक्ष्मी न्यौपानेले चुमेकी छन्।

व्यास नगरपालिकाद्वारा अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज  आयोजित म्याराथनमा कूल सहभागी ६४ धावकलाई पछि पार्दै जुम्लाकी न्यौपानेले प्रथम स्थान हासिल गर्न सफल भइन्।व्यास–३ व्यास गुफादेखि व्यास –११ को तनहुँसुरसम्मको २१ किमी दूरी धावक न्यौपानेले एक घण्टा ४७ मिनेट ५१ सेकेन्डमा पार गरेकी हुन्।

त्यसैगरी, सोलुखुम्बुकी अनिता राई द्वितीय भइन्। उनले एक घण्टा ५२ मिनेट २४ सेकेन्डमा दूरी पार गरेकी थिइन्।जुम्लाकी विश्वरुपा बुढाले एक घण्टा ५७ मिनेट ३२ सेकेन्डमा दूरी पार गरी तृतीय भइन्। प्रतियोगितामा प्रथम हुने धावकले रु ४१ हजार ७९, द्वितीय हुनेले रु ३१ हजार ७९ र तृतीय हुने धावकले रु २१ हजार ७९ का साथमा मेडल र ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।

त्यसैगरी, गुल्मीकी गीता विक, गोरखाकी अमृता गुरुङ र नवलपरासीका सीमा चौधरी सान्त्वना भएका छन्। उनीहरुले क्रमश : रु ११ हजार ७९ का दरले पुरस्कार तथा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। विजयी धावकहरुलाई व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने र उपप्रमुख इन्दिरा दरैले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए।

सो अवसरमा नगरप्रमुख न्यौपानेले खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न म्याराथनको आयोजना गरेको बताए।व्यास गुफादेखि सफा सडक हुँदे तालघरे, मुसेखोला, घाँसीकुवा, परासर मार्गको सेरा, बेलटारी, अर्चलचौर, धरमपानी हुँदै तनहुँसुर दरबारसम्म पुगेर म्याराथनको अन्त्य भएको थियो।

बुधबार, फाल्गुण २४, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)