विदेशमा पढ्न जान पहिला जस्तो गाह्रो छैन: सुभेन्द्र थापा (अन्तर्वार्ता)

उमेश थापा

काठमाडौं
BreaknLinks
BreaknLinks

शुभ गृह कन्सल्टेन्सीका सञ्चालक तथा नेक्काका सचिव हुन्, सुभेन्द्र थापा। उनी यस क्षेत्रमा लागेको दुई दशक हुन आँटिसकेको छ। उनले आफ्नाे कन्सल्टेन्सीबाट अहिलेसम्म थुप्रै विद्यार्थीहरुलाई बाहिर पढ्न पठाइसकेका छन। उनको कन्सल्टेन्सीबाट धेरै विद्यार्थी अध्ययनकाे लागि अस्ट्रेलिया जाने गर्छन्।

सञ्चालक थापा स्वयम अस्ट्रेलिया पढेर आएका हुन्। यो सँग सँगै अन्य मुलुक पढ्न जानको लागि पनि निकै राम्रो छ, शुभ गृह। तर, बजारमा कन्सल्टेन्सीहरु छ्याप्छ्याप्तै छन। कति कन्सल्टेन्सीहरुले विद्यार्थीहरुलाई ठगेर अलपत्र पनि पारेका छन भने कति कन्सल्टेन्सीहरु राम्रो अवस्थामा छन्।

यस क्षेत्रमा काेराेना महामारीले पारेको असर, नराम्रो कन्सल्टेन्सीले गर्दा अरु कन्सल्टेन्सीलाई कतिको प्रभाव र विद्यार्थीहरुको रोजाइमा कस्ता कलेज पर्छन् ? लगायत समसमायिक बिषयका रहेर उनै शुभ गृह कन्सल्टेन्सीका सञ्चालक तथा नेक्काका सचिव सुभेन्द्र थापासँग बिएल नेपाली सेवाका लागि उमेश थापाले गरेको कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ:


कन्सल्टेन्सी व्यवसायमा कसरी लाग्नु भयो ?

म आफैं पहिला सन १९९९ मा अस्ट्रेलिया पढ्न गएको विद्यार्थी हुँ। म बाहिर पढ्न जाँदा बाहिरदेश पढ्न जाने विद्यार्थीहरुको संख्या निकै न्यून थियो। म अस्ट्रेलियाबाट २००९ मा नेपाल फर्किँए। त्यसपछि मैले केही समय रेष्टुरेण्ट चलाएँ।

मलाई रेष्टुरेण्ट चलाउन त्यति मज्जा आएन। किनभने, मलाई त्यस क्षेत्रको बारेमा त्यति ज्ञान थिएन। त्यसपछि घर-परिवार, साथी-भाइ र मलाई यस क्षेत्रमा भएको अनुभवले गर्दा म २०१४ बाट यस क्षेत्रमा छु। यो राम्रो व्यवसाय पनि त हो। म यो क्षेत्रमा छिरेको पनि ९ वर्ष बितिसकेकाे छ।

विद्यार्थीहरुलाई परामर्श दिन कति गाह्राे छ त ?

सुरुमा विद्यार्थीलाई बुझन निकै गाह्राे हुन्छ। विद्यार्थीहरु सानो उमेरको हुँदा समस्या हुने हो। बाहिर पढ्न जाने विद्यार्थीहरु सुरुमै तयारी हुने हो भने यस्तो समस्या हुँदैन। हाम्रो काम नै परार्मश दिने हो। हामीले विद्यार्थीहरुलाई परार्मश दिएनाैँ भने उनीहरु अन्योलमा पर्छन्। मेरो कन्सल्टेन्सीमा विद्यार्थीहरुलाई परार्मश म आफैं दिन्छु। किनभने, म आफैं बाहिर बसेर आएको हुँ। परार्मश दिन त्यति गाह्राे पनि छैन र सहज पनि छैन।

तपाईंको कन्सल्टेन्सीबाट धेरै विद्यार्थी कुन देश पठाउनु भएको छ ?

शुभ गृह कन्सल्टेन्सीले धेरै विद्यार्थीहरु अस्ट्रेलिया पठाउने गरेको छ। हाम्रो अस्ट्रेलियामा भएको कलेजहरु राम्रो भएको कारणले होला अहिलेसम्म हाम्राे कन्सल्टेन्सीमार्फत अस्ट्रेलिया जाने विद्यार्थीहरु खुसी छन। हाम्रो कन्सल्टेन्सीबाट साउथन क्रस, एससिसिम, एसिआई, एसएपिटी, सिटी मेड र अन्य युनिभर्सिटीमा विद्यार्थीहरु जाने गरेका छन। यी युनिभर्सिटीहरु प्राय: अस्ट्रेलियाका टप युनिभर्सिटीहरु हुन।

नेपालमा राम्रो कलेज वा युनिभर्सिटी नभएको कारण विद्यार्थीहरु बाहिर पढ्न जान्छन् हो ?

होइन। नेपालमा पनि राम्रो कलेज र युनिभर्सिटीहरु छन् तर नेपालको डिग्रीले ग्लोबल्ली कत्तिको अवसर पाउँछ भन्ने मात्र हो। बाहिरको डिग्रीले विद्यार्थीहरुको विश्वभर अवसर खुल्छ। नेपालको डिग्रीले पनि खुल्छ तर बाहिरको डिग्री पावरफुल हुन्छ।

बाहिर पढ्न जाने विद्यार्थीहरुको उत्साह कत्तिको देख्नु भएको छ ?

अहिले विद्यार्थीहरुमा बाहिर पढ्न जाने निकै उत्सुकता देख्छु। हाम्रो समयमा यस्तो थिएन। अहिले बाहिर पढ्न जाने विद्यार्थीहरु पनि लक्की छन। प्राय: नेपालीहरुको आफन्त नै अस्ट्रेलियामा छन्। त्यसकारण पनि जान खोज्छन्। विद्यार्थीहरुले पनि बाहिरको डिग्रीकाे महत्व बुझेर होला बाहिर देश नै गएर पढ्न रुचाउँछन।

शुभ गृह कन्सल्टेन्सी अरु कन्सल्टेन्सीभन्दा कसरी फरक छ ?

हो, काठमाडौँमा कन्सल्टेन्सीहरु धेरै छन। अहिले राजधानी बाहिर पनि कन्सल्टेन्सी व्यवसाय फस्टाएको छ। अब हाम्रो कन्सल्टेन्सी किन फरक छ भने म स्वयम पहिला सुरुमा बाहिर भएको कलेज वा युनिभर्सिटी कतिको सही छ कि गलत छ भनेर म आफैं बाहिर देश गएर बुझेकाे छु। त्यसपछि म स्वयम सम्पूर्ण विद्यार्थीहरुलाई मेरो अनुभव, शिक्षा, ज्ञान र अन्य कुराको जानकारी दिन्छु।

हामीले अहिले पनि सुन्ने गरेका छौँ, कति कन्सटेनसीले विद्यार्थीहरु बाहिर पठाएर अलपत्र पारेको छ भनेर। शुभ गृह कन्सल्टेन्सीले पैसाको मतलब नगरिकन जेन्युन काम मात्र गर्छ। हाम्रो कन्सल्टेन्सी पैसा कमाउनभन्दा पनि राम्रो र गुणस्तरीय सेवा दिन खुलेको हो।

कन्सल्टेन्सी क्षेत्रलाई गुणस्तरीय बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ?

सुरुमा यो व्यवसाय नै हो। व्यवसाय सबै मानिसहरुले गर्न पाउनुपर्छ। तर, यो क्षेत्रमा व्यवसायभन्दा पनि अनुभव, ज्ञान, सिप, शिक्षाको निकै आवश्यक पर्छ। यो क्षेत्रमा केही थाहा नपाएका मानिसहरु छिरेपछि यो व्यवसाय अलि पछाडि धकेलिएको हो। एउटा कन्सल्टेन्सीले गर्दा अरु कन्सल्टेन्सीको पनि त बदनाम हुन्छ। गुणस्तरीय बनाउनको लागि कन्सल्टेन्सी हेर्न शिक्षा मन्त्रालय र अरु संघ संस्था पनि चनाखो हुनुपर्छ।

प्रकाशित मिति: : 2023-03-08 18:28:00

प्रतिकृया दिनुहोस्