कुसुम गौतम
एउटा पुरानो
पहेँलो पात
फुत्रुक्क शाखाबाट उत्रियो
र, मसँग भएका
मेरा मस्तिष्कमा टाँसिएका
केही दुःखका
केही सुखका
कुनै सम्झेका
कुनै ओझेलमा परेका
प्रतिक्षणहरूलाई
दिन र रातका मसीमा
चोबलिएर
समयको कलमले
आकार दिएको
जिन्दगीको
एउटा अधुरो चित्रसँग
ठोकिन आयो।
ऊ बग्दै गयो
समयको बेगसँगै
मेरा संवेदनाहरूलाई
पङ्ख बनाएर
तर अपसोच...
उसले पनि छुन सकेन गगन...
थकित पहेँलो पात
आखिर ऊ पनि
समयको गर्भभित्र
बिलाउँदै गयो।
सधैँ–सधैँका लागि
अलविदा '२०७९' भन्दै
तर...
उस्तै छ चुहिएको वेदना
उस्तै छ,
समयको अधुरो चित्र।
म विवश छु
नयाँ आगन्तुकको स्वागतमा
ओठभरि कृत्रिम मुस्कान भर्न।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया