कुसुम गौतम
एउटा पुरानो
पहेँलो पात
फुत्रुक्क शाखाबाट उत्रियो
र, मसँग भएका
मेरा मस्तिष्कमा टाँसिएका
केही दुःखका
केही सुखका
कुनै सम्झेका
कुनै ओझेलमा परेका
प्रतिक्षणहरूलाई
दिन र रातका मसीमा
चोबलिएर
समयको कलमले
आकार दिएको
जिन्दगीको
एउटा अधुरो चित्रसँग
ठोकिन आयो।
ऊ बग्दै गयो
समयको बेगसँगै
मेरा संवेदनाहरूलाई
पङ्ख बनाएर
तर अपसोच...
उसले पनि छुन सकेन गगन...
थकित पहेँलो पात
आखिर ऊ पनि
समयको गर्भभित्र
बिलाउँदै गयो।
सधैँ–सधैँका लागि
अलविदा '२०७९' भन्दै
तर...
उस्तै छ चुहिएको वेदना
उस्तै छ,
समयको अधुरो चित्र।
म विवश छु
नयाँ आगन्तुकको स्वागतमा
ओठभरि कृत्रिम मुस्कान भर्न।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया