टोपबहादुरलाई एमालेले लुकाएको छैन, प्रहरीले समात्न नसकेको हो: शेरबहादुर तामाङ (भिडियो)

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको गिरोहसँग साँठगाँठ रहेकाे आराेपमा पक्राउ पुर्जी जारी भएपछि एमाले सचिव एवम् पूर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझी फरार भएका छन्।

२०७७ सालदेखि नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी धन्दा चलाएका नेपाली काँग्रेस नेत्री तथा पूर्व मन्त्री सुजता काेइरालाका तत्कालीन स्वकीय सचिव केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ अहिले हिरासतमा छन्। यो घटनामा हालसम्म पूर्व गृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, रायमाझीका छोरा सन्दीप रायमाझी गरी ८ जना आराेपित पक्राउ परेका छन। भने, बादलका छाेरा प्रतीक थापा, इन्द्रजितका छाेरा निरज राई र टाेपबहादुर रायमाझी फरार छन।

अनुसन्धानमा सहयोग गर्न आफैं आउँछु भनेका टोपबहादुर तीन दिनदेखि फरार छन। उनी फरार भएपछि आमनागरिकले दुई कुरामा आशंका गरिरहेका छन्। पहिलाे, टाेपबहादुरलाई एमालले लुकायाे। दाेस्राे सार्वजनिक कार्यक्रममा सहभागी रायमाझीलाई प्रहरीले कसरी फुत्किन दियाे ?

के आखिर फरार टाेपबहादुर रायमाझीलाई एमालेले लुकाएकाे छ त ? वा ओली नै टाेपबहादुरकाे संरक्षणमा लागेका छन् ? यी नै प्रश्न बिएल नेपाली सेवाका ध्रुब बस्यालले पूर्व कानुनी मन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङलाई साेधेका छन् :


भिडियाे:

प्रकाशित मिति: : 2023-05-07 19:10:00

प्रतिकृया दिनुहोस्