पाँच महिनामा एक करोड पर्यटक हङकङमा स्वागत

फाइल तस्बिर
फाइल तस्बिर

यस वर्षको पहिलो पाँच महिनामा एक करोडभन्दा बढी पर्यटक हङकङ भ्रमण गरेका छन्।

सन् २०२३ को उत्तरार्धमा पर्यटन पुनरुत्थानका लागि सकारात्मक दृष्टिकोणको सङ्केत गरेको हङकङ पर्यटन बोर्ड (एचकेटीबी)ले शुक्रबार पर्यटकको आगमन अपेक्षाकृत भएको जनाएको छ।

एचकेटीबीको तथ्याङ्कअनुसार मे महिनामा चीन र दक्षिणपूर्वी एसियाबाट आउने आगन्तुकहरूको सङ्ख्या महामारीपूर्वको स्तरको ६० प्रतिशतभन्दा बढी पुगेको छ।

चीनबाट हङकङ प्रवेश गर्न अधिक पर्यटकहरूले उच्च गतिको रेल लिङ्कको प्रयोग गरेका थिए। पर्यटकमध्ये २० प्रतिशत रेल सेवाको लागि छनौट गरको तथ्याङ्कले देखाएको छ।

एचकेटीबीले विश्वभरका आगन्तुकहरूलाई आकर्षित गर्न वर्षको उत्तरार्धमा सात प्रमुख कार्यक्रमहरू सुरु गर्नेछ, जसमा चार वर्षको अन्तरालपछि जुन २४ देखि २५ सम्म हङकङ अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’ को आयोजना पनि समावेश छ।

प्रकाशित मिति: : 2023-06-03 05:25:00

प्रतिकृया दिनुहोस्