उमेश थापा
भारतबाट ल्याइएका १५ वटा मुर्रा राँगाको वीर्य परीक्षण हुने भएको छ।
१५ मुर्रामध्ये सर्वोत्कुष्ट वीर्य भएको राँगा पत्ता लगाउनका लागि परीक्षण गर्न लागिएकाे पशु सेवा विभागको सुचना अधिकारी डा चन्द्र ढकालले बताए।
ढकालका अनुसार भारतका २० उत्कृष्ट राँगामध्ये १५ वटा मुर्रा नेपाललाई दिन लागिएकाे हाे। यसअघि पनि नेपाललाई विभिन्न देशबाट अनुदान स्वरुप पशुपन्छी तथा विरुवा दिने गरेको उनको भनाई छ।
‘१५ मुर्राको हामीले स्वास्थ्य परीक्षण गर्दैछौँ। तीमध्ये सर्वोत्कुष्ट वीर्य भएको राँगा पत्ता लागाउनका लागि परीक्षण गर्न लागेका हौँ’, ढकालले बिएल नेपाली सेवासँग भने, ‘नेपालले अन्य देशहरूबाट पनि अनुदान स्वरुप पशुपन्छी तथा विरुवाहरु लिने गरेको छ।’
सदनदेखि सडकसम्म चर्चा र आलोचना बटुलिरहेकाे मुर्रा राँगा नेपाल ल्याइएपछि पोखरा, नेपालगञ्ज र लहान गरी तीन ठाउँमा राखिने उनले बताए। राँगाकाे रोग परीक्षणका लागि पहिले नै क्वारेन्टाइनमा राखिने छ। त्यसपछि ती राँगालाई उच्च प्रविधियुक्त प्रयाेगशालामा राखेर वीर्य झिकिने उनकाे भनाइ छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया