उमेश थापा
भारतबाट ल्याइएका १५ वटा मुर्रा राँगाको वीर्य परीक्षण हुने भएको छ।
१५ मुर्रामध्ये सर्वोत्कुष्ट वीर्य भएको राँगा पत्ता लगाउनका लागि परीक्षण गर्न लागिएकाे पशु सेवा विभागको सुचना अधिकारी डा चन्द्र ढकालले बताए।
ढकालका अनुसार भारतका २० उत्कृष्ट राँगामध्ये १५ वटा मुर्रा नेपाललाई दिन लागिएकाे हाे। यसअघि पनि नेपाललाई विभिन्न देशबाट अनुदान स्वरुप पशुपन्छी तथा विरुवा दिने गरेको उनको भनाई छ।
‘१५ मुर्राको हामीले स्वास्थ्य परीक्षण गर्दैछौँ। तीमध्ये सर्वोत्कुष्ट वीर्य भएको राँगा पत्ता लागाउनका लागि परीक्षण गर्न लागेका हौँ’, ढकालले बिएल नेपाली सेवासँग भने, ‘नेपालले अन्य देशहरूबाट पनि अनुदान स्वरुप पशुपन्छी तथा विरुवाहरु लिने गरेको छ।’
सदनदेखि सडकसम्म चर्चा र आलोचना बटुलिरहेकाे मुर्रा राँगा नेपाल ल्याइएपछि पोखरा, नेपालगञ्ज र लहान गरी तीन ठाउँमा राखिने उनले बताए। राँगाकाे रोग परीक्षणका लागि पहिले नै क्वारेन्टाइनमा राखिने छ। त्यसपछि ती राँगालाई उच्च प्रविधियुक्त प्रयाेगशालामा राखेर वीर्य झिकिने उनकाे भनाइ छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया