नआउने अनुदान राखेर बजेट निर्माण, अर्थमन्त्रीसँग छैन दातृ निकायबाट पैसा ल्याउने योजना

बाह्रखरी

आशीष ज्ञवाली

चालु आर्थिक वर्षमा नेपाल सरकारले बजेट ल्याउने बेला ५५ अर्ब ४५ करोड वैदेशिक अनुदानबाट आउने लक्ष्य राखेको थियो ।  चालु आर्थिक वर्ष सकिन एक महिनामा केही दिन बाँकी रहदा जम्मा चार अर्ब ८० करोडमात्र अनुदान आएको छ । 

अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी वर्षको लागि ल्याएको बजेटमा अनुदानबाट ४९ अर्ब ९४ करोड आउने लक्ष्य राखेका छन् ।  पछिल्ला वर्षहरुमा घट्दै गएको बैदेशिक अनुदान हेर्दा आगामी वर्ष ४९ अर्ब ९४ करोड रुपैयाँ अनुदान आउने सम्भावना करिब छैन । 

प्रकाशित मिति: : 2023-06-15 10:13:00

प्रतिकृया दिनुहोस्