जुमको एघारौं शाखाको उद्घाटन: ब्यूटी कलेज स्थापनाको घोषणा (भिडियाेसहित)

स्थापनाको एक्काइसौं वर्ष पूरा गर्दै गर्दा काठमाडौं उपत्यकाभित्र एघार वटा शाखा विस्तार गर्ने जुम ब्यूटी एकेडेमी नेपालकै पहिलो ब्यूटी एकेडेमी हो। 

२०८० साल असार ९ गते काठमाडौंको स्वयम्भूस्थित सानो भर्‍याङमा आफ्नो एघारौं शाखाको भव्य र सभ्य उद्घाटन गरेको जुमले आगामी दिनमा यसको अन्य शाखाहरू पनि विस्तार हुने बताएको छ। 

https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/356546115_170265889219903_7678237425205090517_n.jpg?stp=dst-jpg_s2048x2048&_nc_cat=110&cb=99be929b-3346023f&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=TfWeHyUJX54AX_th8ce&_nc_ht=scontent.fktm3-1.fna&oh=03_AdQBmxmaS81RIllf6Rn2BOLfUA7SFe1gi6IXQ6IOLbfpeg&oe=64BF5BAAनेपाली चलचित्रकी नायिका केकी अधिकारी, हास्यव्यगंकार तथा सञ्चारकर्मी सन्दिप क्षेत्री तथा मेमोरी किङ्ग डा. नवल पजियारले संयुक्त्त रुपमा उद्घाटन गरेको जुमको एघारौं शाखाले अबका पछिल्ला दिनहरूमा महिलालाई मात्र नभई पुरुषहरूलाई पनि ब्यूटीसम्बन्धी विभिन्न प्रशिक्षण तथा सेवा सुविधा प्रदान गरिने घोषणा समेत गरेको छ। 

मानिसको बाहिरी सुन्दरता सँगसँगै व्यक्त्तित्वलाई समेत सुन्दर बनाइदिने स्थान हो जुम। यहाँ शारीरिक सुन्दरता मात्र होइन व्यक्त्तिको व्यक्त्तित्वमा समेत निखारता ल्याइदिने काम हुन्छ, त्यसैले जुम ब्यूटी एकेडेमी एक फिजिकल ब्यूटी मात्र नभई  पर्सनल डेभलपमेन्टको समेत एकेडेमी रहेको सन्दिप क्षेत्रीले बताएका थिए। 

महिलाहरूलाई स्वाबलम्बन, सक्षम, स्वाभिमानी, व्यवसायी र स्वरोजगार बनाउने एक उत्कृष्ट सामाजिक संस्था हो, जुम ब्यूटी एकेडेमी। यस संस्थाले राज्यले गर्नुपर्ने काम र निभाउनुपर्ने कर्तव्य सम्पूर्ण रुपले निभ्याइरहेकाे बताउँदै नायिका केकी अधिकारीले जुम ब्यूटी एकेडेमीले आगामी दिनमा वैदेशिक रोजगारमा मुलुक बाहिर जाने सयौँ महिलाहरूलाई स्वदेशमा नै स्वरोजगार र सफल व्यवसायी बनाउन मुख्य भूमिका खेल्ने कुरामा विश्वस्त रहेकाे बताइन्। 

एकेडेमीको एघारौं शाखा उद्घाटनकै अवसरमा आगामी दिनमा जुम ब्यूटी कलेज स्थापना गर्ने योजना र यसै दिनदेखि जुमको एघार वटै शाखाहरूमा पुरुषहरूलाई पनि ब्यूटीका विभिन्न कोर्शहरूमा तालिम, प्रशिक्षण र सर्भिसको सुविधा पनि खुला गरिएको जुम ब्यूटी एकेडेमीका निर्देशक कृशप तनावाशुले बताए।

काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने सम्पूर्ण क्षेत्रका महिलाहरूलाई आर्थिक सामाजिक रुपमा सक्षम बनाई उनीहरूको आफ्नै क्षेत्रमा व्यवसायको रुपमा स्थापना गर्न सहज होस् भन्ने उद्देश्यले उपत्यकाभित्रका विभिन्न स्थानमा जुम ब्यूटी एकेडेमीले आफ्नो शाखाहरू विस्तार गरिरहेको जुम ब्यूटी एकेडेमीकी सिईओ जुनु चक्रधरले बताइन्। 

उनले एघारौं शाखा उद्घाटनको मुख्य अवसरमा विभिन्न ब्यूटी कोर्शहरुमा आकर्षक छुट तथा छात्रवृत्तिको व्यवस्था गरिएको बताउँदै सम्पूर्ण महिला तथा पुरुषहरूलाई समेत यो मौकाको भरपुर सदुपयोग गर्न आव्हान गरेकी छिन्। 

प्रकाशित मिति: : 2023-06-25 11:30:00

प्रतिकृया दिनुहोस्