आइतबार, ०३ अगस्ट २०२५

जनप्रतिनिधिमाथि जातीय विभेद: ज्यान मार्ने धम्की दिँदै घरमा ढुङ्गामुढा 

ध्रुब बस्याल

ध्रुब बस्याल

काठमाडौं
News Image
• • •

बाँकेमा जनप्रतिनिधिमाथि जातीय विभेद भएको छ। बैजानाथ गाउँपालिका– १ की दलित महिला सदस्य धनकली सुनारमाथि जातीय विभेद भएको हाे।

धनकलीले आफूमाथि जातीय विभेद भएको भन्दै इलाका प्रहरी कार्यालय कोहोलपुरमा जाहेरी दिएकी छिन्। सामान्य विवादमा छिमेकी भुवन बुढाले असार १७ गते आफूमाथि जातीय विभेद गरेको धनकलीले बताइन्।

धनकलीले आफूलाई भुवनले धम्काउँदै ज्यान मार्ने धम्की दिएको पनि बताइन्। उनले भनिन्, ‘मलाई भुवन बुढाले भन्नै नमिल्ने शब्दहरु बोल्दै तँलाई आजै मार्छु भन्दै कमिनी, गाई खाने डुमिनी भन्दै धेरै अश्लील गाली गर्नुभयो। बारम्बार गाली गर्दा पनि धेरै बेरसम्म सहेर बसेँ, फेरि एक घण्टापछि कमिनी, डुमिनी! तँलाई त मार्नुपर्छ, आज राति मारेर यसलाई व्यवस्था गर्नुपर्छ भन्दै गाली गर्नुभयो।’

धनकलीले आफ्नो परिवारमाथि ढुंगा प्रहार भएको पनि बताइन्। उनले भनिन्, ‘यसलाई मार्नुपर्छ भनेर बत्ती निभाएर मसहित मेरो परिवारमाथि ज्यान मार्ने उद्देश्यले २०/२५ पटक ढुंगा प्रहार भयो। मेरो घरको छानामा समेत ढुंगामुढा भएको छ।’

भुवनसँग सामान्य जग्गाको विषयमा विवाद थियो। ‘भुवनसँग मेरो कुनै पनि सम्बन्ध नै छैन। उनको परिवारसँग जग्गाको विषयमा सामान्य विवाद थियो। उनीहरुले ५/६ वर्षदेखि मलाई दबाएर मेरो जग्गा हडप्न खोजेका थिए। मैले बारम्बार यसो नगर्नु, समाजमा सबै जना मिलेर बस्नुपर्छ भन्दा विवाद भयो र ममाथि आक्रमण भयो,’ धनकलीले भनिन्।

धनकलीले जाहेरी दिएपछि प्रहरीले भुवन बुढालाई पक्राउ गरेको छ।

यस्ताे छ धनकलीले प्रहरीमा दिएकाे जाहेरी

मंगलबार, असार १९, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)