बुधबार, २४ सेप्टेम्बर २०२५

जम्मुकश्मीरको पुन्चमा घुसपैठको प्रयास विफल

News Image
• • •

भारत नियन्त्रित जम्मुकश्मीरको पुन्च जिल्लाको नियन्त्रण रेखा (एलओसी)मा आतङ्कवादीहरूको घुसपैठको प्रयासलाई भारतीय सेनाले विफल पारेको छ।

भारतीय सेना र जम्मुकश्मीर प्रहरीले गरेको संयुक्त कारबाहीमा घुसपैठको प्रयास असफल भएको तथा एक जना आतङ्वादी मारिएको सरकारी अधिकारीले बताएका छन्।

सुरक्षाकर्मीले आतङ्वादीबाट एके ७४ राइफलसहित भारी मात्रामा हतियार र गोला बारुद नियन्त्रणमा लिएको छ।

आइतबार रातिदेखि सोमबार बिहानसम्म पुन्च नदी नजिकै नियन्त्रण रेखामा भएको दोहोरो झडपमा दुई जना आतङ्कारी मारिएकामा एकजना गोली लागेर सोझै पुन्च नदीमा खसेको थियो। कारबाहीस्थलबाट एक जनाको शव बरामद गरिएको छ।

मंगलबार, श्रावण ०२, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)