बुधबार, १३ अगस्ट २०२५

सय किलो सुन प्रकरण: विमानस्थलबाट भाग्न लागेका चिनियाँ नागरिक पक्राउ 

News Image
• • •

बरामद भएको सय किलो सुन प्रकरणमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्।

बिहीबार चिनियाँ नागरिक जिक्वाङ लिनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेकाे हाे।

उक्त सुन तस्करी प्रकरणमा शंकास्पद ठानिएका ती चिनियाँ नागरिक विमानस्थलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएकाे बताइएकाे छ। 

चिनियाँ नागरिक लिन सय किलो सुनका मालिक हुन सक्ने आशंकामा गरिएकाे विभाग स्रोतले जानकारी दिएको छ।

यस्तै साेही प्रकरणमा चितवनका अशोक लामा पनि पक्राउ परेका छन्।

यसअघि यो प्रकरणमा एक जना भारतीय नागरिकसहित ५ जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थाेप्तेन छिरिङ रहेका छन्। योसहित सुन प्रकरणमा हालसम्म सात जना पक्राउ परेका छन्।

हङकङबाट प्यासेफिक क्याथे एयरको विमानबाट कार्गो गरी नेपालको रेड ट्रेड कम्पनीको नाममा सामान ल्याइएको थियो। सो सामानमा सुन लुकाएर ल्याएको पाइएको थियो। अहिले बरामद सुनको परिमाण जोख्ने काम भइरहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!