आइतबार, १० अगस्ट २०२५

एक क्विन्टल सुन प्रकरणमा थप एक जना पक्राउ

सांकेतिक तस्बिर
• • •

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली भित्रिएको सय किलो सुन बरामद प्रकरणमा थप एक जना पक्राउ परेका छन्। 

कोटेश्वरस्थित महादेवस्थानबाट ट्रान्स ग्लोबल सर्भिसका अर्का सञ्चालक कृष्णकुमार श्रेष्ठलाई राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको हो। यसअघि कोटेश्वरबाट नै विभागको टोलीले राजन श्रेष्ठलाई पक्राउ गरेको थियो। 

हालसम्म पक्राउ पर्नेहरुमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलिप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई, तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ, ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ रहेका छन्। योसँगै सुन तस्करी आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या १० पुगेको छ।


सय किलो सुन प्रकरण: विमानस्थलबाट भाग्न लागेका चिनियाँ नागरिक पक्राउ 

बिहिबार, श्रावण ०४, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!