रामचन्द्र न्यौपाने
डोल्पाको जगदुल्ला गाउँपालिकामा १५ वर्षीया बालिका ९ जनाबाट बलात्कृत भएको घटना बाहिरिएको छ। घटना भएको ६ महिनापछि बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएसँगै घटना बाहिरिएको हो।
जगदुल्ला गाउँपालिका वडा नं. ६ की ती बालिकालाई ९ जना स्थानीय युवकहरुले बलात्कार गरेको उजुरी परिवारबाट आएपछि संलग्न तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बिएल नेपाली सेवालाई जानकारी दिए।
पक्राउ परेका तीनमध्ये दुई जना जुम्लाबाट र एक जना गाउँबाटै पक्राउ गरिएको उनले बताए। बाँकीको ६ जनाको खोजी कार्य तीव्र पारिएको बुढाथोकीले बताए।
ती बालिका ६ महिनाको गर्भवती रहेको खुलेको छ।
गर्भवती भएकी बालिकालाई हेरचाह केन्द्रमा स्थानान्तरण गर्नको लागि कर्णाली प्रदेश सुर्खेतमा समन्वय भइरहेको प्रहरीले जनाएको छ।
पीडित बालिकाको घर परिवार साममन्य भएकाले गाउँमै घटना मिलाउन दबाब दिएको र पछि गर्भवती भएको थाहा भएपछि घटना बाहिरिएको प्रहरीको भनाइ छ।
बलात्कृत बालिका गाउँ नजिकै रहेको भगवती माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया