सुनिता लामा
अहिलेको युवा पुस्तालाई स्नातक तहसम्मको अध्ययनमा टिकाइराख्न अत्यन्त मुस्किल छ।
काठमाडौंका अनगिन्ती कलेज तथा क्याम्पसहरूमा यतिबेला स्नातक तहको नयाँ भर्ना खुलिरहेको छ। तर कक्षा बाह्र पास गरेर विदेशिने विद्यार्थीहरूको ठूलो जमातलाई सरकारी तहबाटै रोक्न कुनै ठोस पहल नै भएको छैन।
दैनिक १८०० भन्दा बढी युवा पुस्ता विदेशिदै गर्दा काठमाडौंको चाबहिलस्थित चुच्चेपाटीमा अवस्थित सेन्ट लरेन्स कलेजले भने ती विदेशिने युवा पुस्तालाई नै लक्षित गरि स्नातक तहमा विभिन्न उत्कृष्ट कोर्शहरूमा अध्ययन अध्यापनको आव्ह्वान गरेको छ।
आईटीको क्षेत्रमा अहिले अत्यन्त माग बढिरहेको र यस क्षेत्रमा मानव संशाेधनको आवश्यकता परिपूर्ति हुन सकिरहेको छैन। तर हाम्रो नेपाली युवा पुस्ता भने बाहिरिरहेको छ।
त्यसैले यही युवा पुस्तालाई स्वरोजगार, सीपमुलक, नेतृत्वदायी, व्यावसायिक र औधोगिक क्षेत्रमा लगानी गर्न योग्य र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सेन्ट लरेन्स कलेजले स्नातक तहमा बिबिएस, बिए अन्तर्गत बिएसडब्लु, आईटी तर्फ बिएससी सिएसआईटी र बिसिए जस्ता रोजगारमुखी कोर्शहरूमा नयाँ भर्ना हुने विद्यार्थीहरूलाई स्वागत गर्न आतुर रहेको कुरा कलेजका आईटी प्रोग्राम संयोजक वसन्त ज्ञवाली र बिबिएस, बिए र एमबिएस संयोजक राजेशमान सिंह ले बताएका छन्।
कलेजको पुर्वाधार, विभिन्न कार्यक्रम तथा आगामी योजनाहरूको विषयमा कार्यक्रम संयोजक द्वयको भनाई उनीहरूकै आवाजमा जस्ताको तस्तै–
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया