आइतबार, २१ सेप्टेम्बर २०२५

...त्यसपछि टुट्यो धनुष र ऐश्वर्याको १९ वर्षको सम्बन्ध

News Image
• • •

साउथ फिल्मका सुपरस्टार हुन, धनुष। उनी इन्डस्ट्रीका चिनेजानेका अभिनेता हुन्। कैंयौ सुपरहिट फिल्म खेलेर आफूलाई स्थापित गरेका उनले फिल्म खेलेरै करोडौं दर्शक बटुलेका छन्। फिल्म क्षेत्रमा आफूलाई जति सफल बनाएका छन् उनी त्यत्तिनै असफल छन्, आफ्नो वास्तविक जीवनमा। 

सन् २००४ मा उनको विवाह रजनी कान्तकी छोरी ऐश्वर्यासँग भएको थियो। त्यसबेला धनुष २१ वर्षका थिए।

आफूभन्दा २ वर्ष जेठी केटीसँग विवाह गरेका कारण धेरै मुद्धाहरु पनि उठे। तर विवाह गरेको १८ वर्षपछि उनीहरूको ‘डिर्भोस’ भयो। दुई सन्तानका बाआमा बनिसकेका उनीहरूले सहमतिमै २०२२ मा जनवरी–१७ मा डिर्भोस गरेका हुन्। 

डिर्भोस हुनुको कारण? 

चर्चित डायरेक्टर र प्रोडयूसर कस्तुरी राजाका छोरा धनुष र सुपरस्टार रजनीकी छोरीको पहिलो भेट फिल्मी शैलीमा भएको थियो। 

उनीहरुको पहिलो भेट धनुषको फिल्म ‘काढल कोन्डे’ को रिलिज समयमा भएको थियो। धनुष आफ्नो परिवारका साथ सिनेमा हल गएका थिए, जहाँ रजनीकी छोरी पनि सामेल थिइन्।

सिनेमा मालिकले पहिलो पटक ऐश्वर्यालाई धनुषसँग भेटाएका थिए। सोही भेटमा ऐश्वर्याले धनुषको अभिनय देखेर प्रशंसा गरेकी थिइन्। त्यसको भोलिपल्ट नै ऐश्वर्याले धनुषलाई फूलको गुच्छाका साथै एक नोट दिएर पठाएकी थिइन्। 

जुन कुरा धनुषलाई निकै मनपर्यो। तर त्यस समय उनीहरुबीच केही सम्बन्ध थिएन। तर केही समयपछि ऐश्वर्या र धनुषको अफेयरको खबर बाहिरिन थाल्यो। त्यसपछि उनीहरूको सम्बन्धमा विवाहमा परिण्त भयो। 

प्रेम विवाह गरेका उनीहरूले कामको कारण डिर्भोस गरेको बताइएको छ। रिपोर्टका अनुसार धनुष परिवारलाई भन्दा बढी महत्व आफ्नो कामलाई दिन्छन्, त्यहीकारठा उनीहरू सम्बन्ध बिच्छेद भयो। 

शुक्रबार, भाद्र ०८, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)