मङ्गलबार, १२ अगस्ट २०२५

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता 

News Image
• • •

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ। लमजुङको दोर्दी गाँउपालिका वडा नम्बर २ ले विवाह दर्ता गरेसँगै पहिलो पटक समलिंगी विवाह दर्ता भएको हो।    

समलिंगी विवाहको पहिलो प्रमाणपत्र पाउनेमा रामबहादुर गुरुङ (मायाँ गुरुङ) र सुरेन्द्र पाण्डे भएका छन्। उनीहरुले बुधबार विवाह दर्ता पाए। 

गुरुङ दोर्दी गाँउपालिका–२ का हुन् भने पाण्डे नवलपरासीको कावासोती नगरपालिका–८ का हुन्। गुरुङले पाण्डेसँग विवाह गरेका हुन्। 

विवाह दर्ता भएसँगै समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तले यो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्। 

 ‘आजको दिन नेपालमा समलिंगी अधिकारका लागि कोशेढुंगा हो। यो नेपालमा मात्रै नभएर दक्षिण एसियामा नै पहिलो घटना हो,’ उनले भने। 

विवाह दर्ता सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसारभएको पन्तले बताए। 

बुधबार, मंसिर १३, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)