बुधबार, १३ अगस्ट २०२५

ललितकला क्याम्पसकाे अनियमितता बन्द गर्न माग गर्दै स्ववियुद्वारा प्रदर्शन

News Image
• • •

ललितकला क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पसकाे शुद्धीकरण्का लागि भन्दै प्रदर्शन गरेका छन्।

क्याम्पसमा भएको अनियमितता बन्द गर्न माग गर्दै उनीहरूले मंगलबार दिउँसाे रत्नपार्कमा प्रदर्शन गरेका हुन्।

उनीहरूले पौष मोसान्तसम्म क्याम्पस निर्माण भइसक्नुपर्ने माग गरेका छन्।

यसैगरी प्रयोगात्मक परिक्षा त्रिभुवन विश्वविद्यालयको मापदण्ड बमोजिम हुनुपर्ने उनीहरूले माग राखेका छन्।

‘हाम्राे माग पूरा गर, झुटकाे खेती गर्न पाइँदैन, अनियमितता बन्द गर, म्याद थप गर्न पाइँदैन’ लगायतका नारा लेखिएकाे पम्पलेट बाेकेर प्रदर्शन गरेका छन्।

मंगलबार, पौष १७, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)