बुधबार, १३ अगस्ट २०२५

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

File Photo
• • •

बलात्कार मुद्दामा दाेषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ।

जिल्ला अदालत काठमाडाैँका न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार लामिछानेलाई ५ लाख रुपैयाँ क्षतिपूर्तिसहित ८ वर्ष कैद सजाय सुनाएको हाे।

पुस १३ न्यायाधीश ढकालकाे इजलासले सन्दीपले एक किशाेरीकाे नाजुक आर्थिक अवस्थाकाे फाइदा उठाएर बलात्कार गरेकाे ठहर गरेकाे थियाे।

बलात्कार मुद्दामा दाेषी ठहर भएका सन्दीपलाई आजमात्रै सजाय सुनाइएकाे हाे।

लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कारको उजुरी परेपछि गत असोज २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। किशाेरीकाे उमेर विवादका कारण मुद्दाकाे फैसला हुन लामाे समय लागेकाे थियाे।

बुधबार, पौष २५, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)