मङ्गलबार, १२ अगस्ट २०२५

अरूण चौधरीलाई लामो अनुसन्धानपछि पक्राउ गरिएको होः सिआइबी (भिडियाे)

News Image
• • •

बाँसवारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा ब्यापारी अरुण चौधरी पक्राउ प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मुख खोलेको छ। 

बिहीबार चौधरी पक्राउ परेलगत्तै निजी क्षेत्रले पत्रकार सम्मेलन गर्दै ब्यापारीमाथि प्रहरीले धरपकड गरिएको बताउँदै विराेध जनाएको थियो।

शुक्रबार चौधरी प्रकरणकाबारेमा पत्रकार सम्मेलन गर्दै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले ब्यापारीलाई त्यसै धरपकड नगरिएको प्रष्टिकरण दिए। 

उनले तीन महिनाभन्दा लामो अनुसन्धान गरेपछि मात्र उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। ‘हामीले ब्यापारीलाई त्यसै पक्राउ गर्ने भन्ने हुँदैन। लामो अनुसन्धान गरेपछि मात्र पक्राउ गरेका हौँ’, प्रवक्ता अधिकारीले भने। 

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा चौधरीसहित उक्त कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुर पक्राउ परेका छन्। 

उनीहरुलाई सिआइबीले बिहीबार नै जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ। 

यो पनि

शुक्रबार, माघ १९, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)