श्रीलङ्काको पर्यटन क्षेत्रको ४ वर्षमा सबैभन्दा बढी मासिक आम्दानी जनवरीमा

श्रीलङ्काको पर्यटन क्षेत्रले गत जनवरी महिनामा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी गरेको छ।

श्रीलङ्काको केन्द्रीय बैंकले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार जनवरीमा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी भएको हो।

केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले शुक्रबार जारी गरेको प्रतिवेदनमा जनवरी महिनामा मुलुकले पर्यटनबाट ३४२ मिलियन अमेरिकी डलर कमाएको जनाएको छ।

उक्त आम्दानी सन् २०२० को जनवरीपछिको सबैभन्दा उच्च हो।

आर्थिक मन्दीग्रस्त श्रीलङ्का पछिल्लो समयमा क्रमशः सुधारको दिशामा अगाडि बढेको छ भने पर्यटनका क्षेत्रमा पनि उल्लेख्य सुधार देखिएको छ।

प्रकाशित मिति: : 2024-03-02 20:36:00

प्रतिकृया दिनुहोस्