बिएल संवाददाता
पछिल्लो समय व्यक्ति हत्या प्रकृति फेरिएको पाइएको छ।
नेपाल प्रहरीले पछिल्लो समय भएका व्यक्ति हत्याका घटनाको विश्लेषण गर्दै हत्या प्रकृति फेरिएको पाइएको बताएको छ।
प्रहरीकाे केन्द्रीय कार्यालयमा बिहीबार भएको पत्रकार सम्मेलनमा २० वर्ष पहिले र अहिलेको तुलाना गर्ने हो भने धेरै परिवर्तन देखिएकाे जनाएकाे हाे।
२० वर्ष पहिलेको हत्याका प्रकृति नचिनेको व्यक्तिबाट धेरै हुने गरेको थियो भने हाल चिनेकै व्यक्ति र आफन्तबाट धेरै हुने गरेको पाइएको छ।
‘२०–२५ वर्ष पहिले कर्तव्य ज्यान(हत्या)सम्बन्धीको घटना लगभग ८० प्रतिशत नचिनेको व्यक्तिबाट हुने गरेको थियो। अहिले ठ्याक्कै उल्टो लगभग ८० प्रतिशत चिनजानकै व्यक्तिबाट हुने गरेको देखिन्छ’, नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले भने।
उनकाअनुसार हाल नचिनको व्यक्तिबाट १२ प्रतिशत हत्याका घटना हुने गरेका छन् भने हाडनाताबाट ८ प्रतिशत हुने गरेको छ। अन्य घटना चिनेजानकै व्यक्तिबाट हुने गरेको ढकालले बताए।
प्रदेशअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा २३.२७ प्रतिशत र कम काठमाडाैँ उपत्यकामा ६.७५ प्रतिशत हत्याका घटना हुने गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया