कीर्तिपुरमा बस दुर्घटना अपडेट: एकको मृत्‍यु, तीन जना घाइते (नामावलीसहित)

काठमाडौँको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

कीर्तिपुर-रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुबाहक बस आइतबार अचानक कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा ४२ वर्षीय डा. गोविन्द रिजालको मृत्यु भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार आज २ः४५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका रिजालको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो।

घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसएसपी मैनालीले बताए। घाइते हुनेहरुमा बैतडी घर भई कीर्तिपुर बस्ने वर्ष २४ का डम्बर पन्त, वर्ष २४ की बिमला श्रेष्ठ र बसका चालक वर्ष २७ का रमेश लामा छन्। 

प्रकाशित मिति: : 2024-05-05 16:26:00

प्रतिकृया दिनुहोस्