बुधबार, १३ अगस्ट २०२५

सोह्रखुट्टेमा सडक भासियाे, खाल्डाेमा खसेकाे मोटरसाइकल र दुई व्यक्तिकाे उद्दार (भिडियाे)

Break n Links
• • •

काठमाडौँकाे सोह्रखुट्टे-बालाजु सडक करिब ११ फिट गहिरो भासिएको छ।

काठमाडौँ महानगरपालिका-१६ नयाँबजारकाे सडक बुधबार बिहान भासिएको हाे।

सडक भासिँदा दुईजना सवार मोटरसाइकल खसेको थियाे। भासिएकाे खाल्डाेमा खसेकाे बा ५० प ३८२ नम्बरको मोटरसाइकल महानगर प्रहरी र सशस्त्र प्रहरीले निकालेकाे छ। मोटसाइकलमा सवार व्यक्तिकाे पनि सकुशल उद्दार गरिएकाे प्रहरीले जनाएकाे छ।

सडकमा भासिएपछि सवारी आवागमन पनि प्रभावित बनेका छ। उक्त सडककाे अहिले मर्मत सुरू गरिएको छ। 

बुधबार, असार १९, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)