बिहिबार, १४ अगस्ट २०२५

प्रधानमन्त्री ओलीले ६ गते विश्वासको मत लिने

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन्।

उनले ६ गते आइतबार बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिने नेकपा एमालेकाे सचिवालयले जनाएकाे छ।

ओलीले गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने ३१ गते शपथ ग्रहण गरेर पदभार सम्हालेका थिए।

संविधानअनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ। साेही प्रावधानअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।

बुधबार, श्रावण ०२, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)