बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारमा रहेका दलहरू राज्यको सम्पत्ति दोहन गर्न लागिपरेको बताएका छन्।
मंगलबार झापाको बिर्तामोडमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना मान्छे भर्ती गर्नका लागि संवैधानिक परिषदमा बहुमत पुर्याउन उपसभामुख इन्दिरा राना मगरलाई आचरणविरुद्धको अभियोग लगाउने तयारी गरिरहेको बताएका हुन्।
उनले भने, ‘उपसभामुखलाई आचरणविरुद्धको अभियोग लगाउने कुरा भइरहेको भन्ने सुन्दैछु। कांग्रेस र एमाले त्यही मामिलामा लागेका छन्। संवैधानिक परिषद्मा आफ्नो भाग पुर्याउन उनीहरूले यो काम गर्न लागेका हुन्। हिजो बहुदलीय व्यवस्थाका लागि लडेका दल आज दुई दलीय व्यवस्था मान्नुपर्ने स्थानमा आए। अब हाम्रो जिम्मेवारी बढेको छ, यतिबेला कांग्रेस र एमाले दुई दलीय व्यवस्थाको पक्षमा पुग्नु भनेको अब वर्षाैंसम्म राज्य स्रोतको दोहन गर्ने वातावरण बनाउनु हो।’
उनले एनसेल राजनीतिक दलका नेताहरुको ‘दुहुनो गाई’ भएको आरोप लगाए। सरकारलाई स्वामित्व हस्तान्तरण गरेर जानुपर्ने एनसेललाई किस्ताबन्दीमा कर तिर्न पाउने सुविधा यो सरकारले दिएको उनको भनाइ थियो।
उनले भने, ‘हामीलाई एक दिन कर नतिर्दा फाईन लाग्छ, एनसेललाई त्यो सुविधा कसको इसारामा दिएको हो?’
उनले एमालेले कानुन नै संशोधन गरेर गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न पाउने सुविधा दिएको बताए। ‘रकमको चलखेल नभइ यो काम भयो होला त?’ उनको प्रश्न थियो।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया