खो खो विश्व कपमा नेपाली पुरुष टोली उपविजेता बनेको छ।दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतबार आयोजक भारतसँग ५४–३६ ले पराजित हुँदै नेपाल उपविजेता बनेको हो।
नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२–२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो। शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७– १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो।
समूह चरणमा नेपाल भारतसँग नै पराजित भएको थियो ।नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो । समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो।
नेपाल भारतसँगको आफ्नो खेलमा ४१–३७ पराजित भएको थियो। त्यसपछि नेपालले ब्राजिललाई १३४– ८ र पेरुलाई ८०–३४ लाई र भुटानलाई ९८–८ ले हराएको थियो ।यसैगरी महिला नेपाली टोली पनि उपविजेता बनेको छ।
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया