
बिएल संवाददाता
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन साहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिएकी छन्।
बिहीबार वडाध्यक्षहरू र कर्मचारीसहित प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरमा हाजिर गर्न पुगेकी उपमेयर डंगोलले बालेनलाई कोठामा बसेर निर्देशन दिनुभन्दा बाहिर निस्केर समस्या समाधानमा लाग्न आग्रह गरेकी हुन्।
‘यो तमासा हामीले हेर्नुपर्ने? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ। होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,’ उनले भनिन्, ‘पहिला आजको विषय समाधान गर्छौं। त्यसपछि बोर्ड बैठक बस्छौँ। आजका लागि यो समस्या समाधान गर्नुपर्छ।’
यो पनि-
उपमेयर डंगोलले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको बताउँदै मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन आउँदा झडपको लडाईंको स्थिति आउनु राम्रो नभएको बताइन्।
‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झटपको अवस्था हुनु राम्रो कुरा होइन। कर्मचारी-कर्मचारीबीच लडाईं हुनु पनि राम्रो होइन।’
उनले प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न आफू तयार रहेको उनले स्पष्ट पारिन्।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया