बिएल संवाददाता
नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संविधानविपरीत र गैरकानुनी कामहरू गर्दै आएको भन्दै तत्काल कारबाही अघि बढाउन सरकारलाई भनेका छन्।
पूर्व राजा ज्ञानेन्द्रले नयाँ वर्षमा पनि शुभकामना सन्देश दिएका थिए। उनले त्यसमा चैत १५ गतेको घटनामा आफू दूखी भएको भन्दै ‘मुलुकको समग्र संरचना फेर्न’ पनि आह्वान गरेका छन्। त्यसअघि फागुन ७ मा उनले दिएको सन्देशले ल्याएको तरंग सेलाउन नपाउँदै फेरि उनले अर्को सन्देश दिएका हुन्।
थापाले ज्ञानेन्द्रको यस्तो कामलाई ‘कीर्ते, जालसाजी र नक्कली ओहदा धारण’ जस्ता कानुनहरू लगाउँदै तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्।
‘पूर्व राजाले आफूखुसी ‘श्री ५ महाराजधिराज’ को नाममा सन्देश जारी गर्नु संविधानविपरीत र गैरकानुनी कार्य हो ।यसमा उनले कीर्ते, जालसाजी, नक्कली ओहदा धारणको प्रचारबाजीलगायत धेरै वटा गैरकानुनी कार्य गर्दै आएको तथ्य प्रथम दृष्टिमै स्पष्ट छ’ उनले भनेका छन् ‘सम्बन्धित कानुनी प्रबन्धको धज्जी उडाएर यसप्रकारको असंवैधानिक र गैरकानुनी कार्य/व्यवहारलाई देख्दै नदेख्नु वा अनदेखा गर्नु त्यसयताका सरकारहरूको लज्जास्पद मौनता हो!’
सामाजिक सञ्जालमा सांसद थापाले यस्ताे लेखेका छन्-
तेल दिंदा नखाने, कोल चाट्ने मुर्ख मान्छे -
पूर्व राजाले आफूखुसी "श्री ५ महाराजधिराज" को नाममा सन्देश जारी गर्नु संविधानविपरित र गैरकानुनी कार्य हो।यसमा उनले कीर्ते, जालसाजी,नक्कली ओहदा धारणको प्रचारबाजीलगायत धेरै वटा गैरकानुनी कार्य गर्दै आएको तथ्य प्रथम दृष्टिमै स्पष्ट छ।
बीबीसीका अनुसार उनले २०७९ सालदेखि आफूलाई "श्री५ महाराजधिराज" का रूपमा नक्कली पगरीमा प्रस्तुत गरिरहेका देखिन्छन्। सम्बन्धित कानुनी प्रबन्धको धज्जी उडाएर यसप्रकारको असंवैधानिक र गैरकानुनी कार्य/व्यवहारलाई देख्दै नदेख्नु वा अनदेखा गर्नु त्यसयताका सरकारहरूको लज्जास्पद मौनता हो!
ज्ञानेन्द्र शाहले संवैधानिक राजसंस्था बलियो बनाउन भुमिका खेल्नसक्ने बेला २०५९ र २०६१ सालमा दाजु वीरेन्द्रजस्तो टुलुटुलु हेरेर नबस्ने भाषण गर्दै निरंकुश राजतन्त्र थोपर्ने कोसिस गर्दै हिंडे, संविधानविपरितका कु गरे । देशमा अहिले जनताले संघर्ष गरेर स्थापित गरेको गणतन्त्र छ, यसमा उनी संवैधानिक राजसंस्थाको सपना दिउँसै देखिरहेका छन्। "तेल दिंदा नखाने कोल चाट्ने" भन्ने भनाइ यिनकै मुर्खता र दुर्बुद्दिका निम्ति बनेको हुनुपर्छ।
सरकारले "श्री ५ महाराजधिराजका संवाद सचिव" भनेर ज्ञानेन्द्र शाहका सन्देश जारी गर्ने व्यक्ति र स्वयं पूर्व राजा हाल नागरिक ज्ञानेन्द्र शाहलाई यश विषयमा संविधान र कानुनले चिन्ने भाषा सम्झाउने, सचेत गराउने र अटेरी वा त्यसपछि पनि उल्लंघन गरे कारबाहीको दायरामा तान्न र कारबाही गर्न अविलम्ब कदम चाल्नुपर्दछ। सानालाई ऐन, ठूलाठालुलाई मनपरी गर्ने छुट दिनुहुँदैन।
दिनेशको मृत्यु : पत्रकारको कि बालेनको चुनाव क्याम्पेनरको ?
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया