बुधबार, १३ अगस्ट २०२५

विद्यासुन्दरको गुनासो, ‘मलाई उपमेयरले त टेर्दिनन्, अरु कसले टेर्ने ?’

News Image
नयापत्रिका
• • •

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उपमेयर हरीप्रभा खड्गीले नटेरेको बताएका छन् । शुक्रबार काठमाडौं -६ का सांसद भिमसेनदास प्रधान लगायतको टोलीसँग मेयर शाक्यले उपमेयर नटेरेको गुनासो गरेका हुन् ।

खुलामञ्च अतिक्रमण गरी बनाइएका सटर हटाउन शाक्य मार्फत प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको टोलीसँग शाक्यले गुनासो गर्दै भने, ‘मैले चैत २४ मा जानकारी पाएँ । नगरसभा चलिरहँदा तत्काल अनुगमन गरेर प्रतिवेदन दिन उपमेयरलाई भनेको थिएँ । तर उहाँले टेर्नुभएन । नगरसभाले दिएको जिम्मेवारी पुरा गर्नुभएन । कतै उहाँ योजनावद्ध र नियोजितरुपमा काम गरिरहनुभएको त छैन ?,’ उनले भने, ‘मलाई उपमेयरले त टेर्नु हुन्न अरु कसले टेर्ने ?’

शुक्रबार, बैशाख १३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)