मङ्गलबार, १२ अगस्ट २०२५

आरुबोटे नरसंहार-२ : आरुबोटेमा सिसाकाण्ड, हत्या आरोपी मानबहादुर फिदिमतिर

News Image
तस्बिरः नेपाललाइभ
• • •

(आरुबोटे) पाँचथर– पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटमा जेठ ६ गते राति भएको हत्या घटनाको त्रास र तरंग अझै सेलाएको छैन। बमबहादुर फियाक र धनराज शेर्मा (ससुरा-ज्वाइँ) का परिवारका ९ जनाको हत्यामा बमबहादुरकै ज्वाइँ मानबहादुर माखिमको हात रहेको प्रहरीले प्रारम्भिक अनुमान गरिसकेको छ।

पाँचथरको दुर्गम गाउँमा एकैरात भएको ९ जनाको हत्या घटनालाई प्रहरीले आपराधिक इतिहासमै एक व्यक्तिले गराएको भयंकर अपराधको रुपमा लिएर अनुसन्धान जारी राखेको छ। 

घटनापछि नेपाल लाइभ टिम घटनास्थल आरुबोटे पुगेको थियो। हामीले उक्त घटनामा पारिवारिक सम्बन्ध, आर्थिक लेनदेन, सामाजिक कारणसमेत खोतलेका छौं। यति भयंकर हत्याकाण्डमा एकै व्यक्ति संलग्न हुन सक्छ कि सक्दैन? झुन्डिएर आत्महत्या गरेका मानबहादुर र हत्या गरिएका परिवारको सम्बन्ध कस्तो थियो? मानबहादुरको व्यवहार, मनोदशा र विगत कस्तो थियो? शृंखलाबद्ध रुपमा हामीले रिपोर्टिङ गरेका छौं।

पहिलो शृंखलामा घटनामा जोडिएको भनिएको सिसाकाण्ड बारे अन्तरकुन्तर खोतल्ने प्रयास गरेका थियौं। यो दोस्रो शृंखलामा सिसाकाण्डमा मानबहादुरको संलग्नता कति थियो भन्ने विषयलाई केन्द्रमा राखेर प्रहरी, बिरामी, अस्पताल र स्थानीयवासीसँग जानकारी लिएका छौं। 

मंगलबार, जेठ २१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)