मङ्गलबार, १२ अगस्ट २०२५

आरुबोटे नरसंहार-५ : ९ जनाको हत्यामा कसरी जोडियो वैदेशिक रोजगार?

News Image
• • •

आरुबोटे (पाँचथर)– गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटेमा नृशंस हत्याकाण्ड भयो। स्थानीय बमबहादुर फियाक र धनराज शेर्मा (ससुरा-ज्वाइँ) का परिवारका ९ जनाको एकैरात भएको हत्या घटनाले विभिन्न शंकाहरु पैदा गरेको छ। 

घटना उत्पन्न गराउन सक्ने कारक केके थिए? प्रहरीले अनुसन्धान गरिरहेकै छ। उक्त घटनाको यथार्थ बुझ्न नेपाल लाइभ टिम पनि घटनास्थल आरुबोटे नै पुगेको थियो। हामीले उक्त घटनासँग जोडिएको पारिवारिक सम्बन्ध, आर्थिक लेनदेन, सामाजिक कारणहरु खोतल्ने प्रयास गर्‍यौं। 

सवा घन्टाबीचमै गरिएको नरसंहारबारे अघिल्लो शृंखला लेखिसकेका छौं। हामीले रिपोर्टिङका क्रममा उक्त घटनाका कारकहरुबारे मिहिन ढंगले स्थानीय, प्रहरी र हत्यामा संलग्न भनिएका मानबहादुर माखिमको विगतबारे पनि खोजबिन गरेका छौं। वैदेशिक रोजगार र त्यसले ल्याएको पारिवारिक विखण्डनलाई पनि प्रहरीले घटनाको कारकका रुपमा विश्लेषण गरेको छ। 

आइतबार, जेठ २६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)