बुधबार, १३ अगस्ट २०२५

म जेल जान तयार छु – प्रियङ्का गान्धी

News Image
तस्बिरः एजेन्सी
• • •

मिर्जापुर, भारत । भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छन्।

गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन्।

‘पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,’उनले ट्विटरमा लेखेकी छन्। उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरेकी छन्।

आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ। एपी

शनिबार, श्रावण ०४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)