
तान्सेनियाका राष्ट्रपति जोन मागुफुलीले सोमबार पाँच हजार ५०० कैदीलाई जेलमुक्त गर्न आदेश दिएका छन्।
अत्यधिक भिडभाडयुक्त जेलमा रहेका कैदीहरूलाई उहाँले देशको स्वतन्त्रता दिवसको अवसरमा मुक्त गर्ने आदेश दिउका हुन्।
अत्यन्त लोकप्रिय राष्ट्रपति मागुफुलीले कैदीप्रति सहानुभूति देखाउन र कारागारमा भएको भिडभाड हटाउन यति धेरै कैदीलाई जेलमुक्तको घोषणा गरेको बताइएको छ।
तान्जेनियाको राष्ट्रिय स्वतन्त्रता दिवसलाई विषेश बनाउनका लागि उनले सयौँ कैदीहरुलाई आम माफी दिएका हुन्।
“जेलभित्रै रहेका बेला व्यवहारमा केही सुधार देखिएका कैदीलाई अहिले जेलमुक्त गरिएको हो, मलाई विश्वास छ की जेलमुक्त भएकाहरु आगामी दिनमा अझ बढी सुध्रिनेछन्,” उनले भने।
यो आम माफीले कारागारहरुलाई व्यवस्थित बनाउन सजिलो गराउने विश्वास पनि उनले व्यक्त गरे।
राष्ट्रपति मागुफुली सन् २०१५ मा शक्तिमा आएका हुन् । उनी भ्रष्टाचार विरोधी लडाकू मानिन्छन्।
तान्जेनियामा अहिले झण्डै ३६ हजार कैदीहरू विभिन्न कारागारमा रहेको सरकारी तथ्याङ्क छ। अधिकांशमा आधारभूत सेवा सुविधा पनि नरहेको बताउने गरिएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया