बुधबार, १३ अगस्ट २०२५

रियल मड्रिडको अर्को हार, रोमासँग पनि पराजित

News Image
तस्बिरः एजेन्सी
• • •

प्रि–सिजनको अन्तर्राष्ट्रिय क्लब मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले हारको शृंखला जारी राखेकोछ।

रियल इटालियन क्लब रोमासँग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित भएको हो।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा रोकिएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा घरेलु टोलीलेले रियललाई पन्छाएको हो।

खेलको १६औं मिनेटमा कप्तान मार्सेलोको गोलबाट रियल खेलमा अघि बढेको थियो। तर, ३४औं मिनेटमा डिएगो पेरोटीले गोल गर्दै घरेल् टोलीलाई बराबरीमा ल्याए।

त्यसको ५ मिनेट पछि नै क्यासमिरोले गोल गर्दै रियललाई पुनः खेलमा २–१ ले अघि बढाए। तर, त्यसको १ मिनेटपछि नै इडेन जेकोले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफ २–२ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा कुनै टोलीले गोल गर्न सकेनन्।

त्यसपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो।

प्रशिक्षक जिनेदिन जिदानले यो खेलमा ग्यारेथ बेललाई पहिलोपटक सुरुवाती रोजाईमा खेलाएका थिए। यद्यपी उनी गोल गर्न असमर्थ रहे।

सोमबार, श्रावण २७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)