बुधबार, १३ अगस्ट २०२५

कान्ति लोकपथको साढे दुई अर्ब लगानी जोखिममा, बिपी राजमार्ग जसरी बनाउने सिफारिस नमान्दा धोका

News Image
• • •

हेटौंडाबाट राजधानी जोड्ने कान्ति लोकपथमा सरकारले गरेको साढे दुई अर्ब लगानी जोखिममा परेको छ। ७५ प्रतिशत काम सकिएको अवस्थामा सडकमा निरन्तर पहिरो जान थालेपछि यसलाई मर्मत गर्नमात्र थप एक अर्ब रुपैयाँ लाग्ने भएको छ।

बाटोको डिपिआर तयार गर्ने कोरियन कम्पनीले यो क्षेत्रको भौगर्भिक अवस्था कमजोर रहेकाले बिपी राजमार्गको जस्तो मोडेलमा बनाउनु पर्ने सुझाव दिएको थियो।

बिपी राजमार्गको धुलिखेल-बर्दिवासका धेरै ठाउँ भौगर्भिक हिसाबले कमजोर भेटिएपछि जापान सरकारले फरक ढंगले यो राजमार्ग निर्माण गरेको छ।

हरेक किलोमिटरको भौगर्भिक अध्ययन गरेर डाँडा कमजोर भेटिएको ठाउँमा जापान सरकारले कतिपय डाँडाको आधा भागसम्म ढाक्ने गरी ‘रिटेनिङ वाल’ (पर्खाल) बनाएको छ।

शुक्रबार, भाद्र ०६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)