बुधबार, १३ अगस्ट २०२५

एमबिबिएस पढ्दै गरेका इशान राष्ट्रिय टिममा, भन्छन्- ओपनिङ सम्हाल्छु

News Image
पहिलोपटक राष्ट्रिय क्रिकेट टोलीमा परेका इशान पाण्डे(बायाँ) र कुशल मल्ल(दायाँ) । तस्बिर : सीताराम कोइराला/सेतोपाटी
• • •

नेपाली राष्ट्रिय क्रिकेट टिमले असोज महिनामा दुई वटा टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ।

असोज ८ गते सिंगापुर जाने नेपाली टिम उतैबाट ओमान जानेछ।

सिंगापुरमा घरेलु टिमसहित नेपाल र जिम्बावेबीच त्रिकोणीय सिरिज हुनेछ। ओमान भने नेपालसहित पाँच देशले प्रतिस्पर्धा गर्नेछन्।

यो सिरिजमा नेपालका दुई जना अनुभवी खेलाडी हुने छैनन्।

विगत डेढ देशकदेखि राष्ट्रिय टिमको मुख्य बलरको जिम्मेवारीमा रहेका बसन्त रेग्मी र मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरलाई आराम दिइएको छ। उपकप्तान ज्ञानेन्द्र मल्ल व्यक्तिगत कारणले दुबै देशको टुरमा सहभागी छैनन्।

 

 
बिहिबार, आश्विन ०२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)