बुधबार, १३ अगस्ट २०२५

२६ जना सह-सचिव र उप-सचिवको सरुवा, को कहाँ? (सूचीसहित)

News Image
तस्बिरः बिएल
• • •

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी गरी २६ जनाको सरूवा गरेको छ।

सरूवा हुने सहसचिव तथा उपसचिवमध्ये २१ जना प्रमुख जिल्ला अधिकारी र बाँकि सहायक प्रमुख जिल्ला अधिकारी छन्।

कपिलवस्तु, रुपन्देही, नुवाकोट, सर्लाही, दाङ, रुकुम पश्चिम, काभ्रेपाल्चोकलगायत जिल्लाका सिडिओ फेरिएका हुन्।

गृहले निकालेको सरुवा सूचीमा नुवाकोटका उद्धवबहादुर थापालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। नुवाकोटमा द्रोण पोखरेललाई पठाइएको छ।

त्यसैगरी सिरहामा कार्यरत रुद्रप्रसाद पण्डितलाई तनहुँ पठाइएको छ।

गृहले रुपन्देहीकामा उद्धवबहादुर रानामगरलाई काभ्रे सरुवा गरेको छ। कपिलवस्तुका अर्जुनप्रसाद पोखरेललाई रुपन्देही सरुवा गरिएको छ।

गोरखाका गजेन्द्रबहादु श्रेष्ठलाई कपिलवस्तु पठाइएको छ भने सर्लाहीमा कृष्णबहादुर राउत गएका छन्।

डोटीमा टेकनारायण पौडेल गएका छन्। सिन्धुलीमा जनार्दन गौतमको सरुवा भएको छ भने ध्रुवबहादुर खड्का उदयपुर पुगेका छन्।

गृहले सहायक प्रमुख जिल्ला अधिकारीहरुको पनि सरुवा गरेको छ। गृहले पर्वतमा कल्पना घिमिरे नेपाल, कास्कीका गुरुदत्त ढकाल, रुपन्देहीमा शम्भुप्रसाद रेग्मी र गोरखामा देवेन्द्र लामिछानेलाई पठाएको छ।

हेर्नुहोस् सूची

मंगलबार, जेठ २१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)