माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीच ‘पार्टी स्कुल’ व्यवस्थित गर्ने समझदारीपत्रमा हस्ताक्षर
नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पाटी (सीपीसी)बीच पार्टीस्कुल संचालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। चीनको छोङछिङ भ्रमणमा रहेको माओवादी केन्द्रको प्रतिनिधिमण्डलले आज सीपीसीको छोङछिङ नगर कमिटीसँग पार्टी स्कुल संचालनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको हो। समझदारीपत्रमा माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य ओमप्रकाश पुन र सीपीसीको तर्फबाट पार्टीस्कुलका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा र सीपीसीको नेपाल र भारत हेर्ने अन्तर्राष्ट्रिय ब्यूरो १ का निर्देशक चाङ जुईछिङको उपस्थितिमिा सो हस्ताक्षर भएको हो। समझदारीमा दुवै पक्षले पार्टी निर्माण र राज्यको शासन सञ्चालनमा पारस्परिक सिकाइ र अनुभव आदानप्रदानलाई गहिरो बनाउने प्रतिवद्धता जनाएका छन्। दुवैपक्षले पार्टी निर्माण, र क्याडर प्रशिक्षण जस्ता क्षेत्रमा हालसम्म प्राप्त व्यावहारिक उपलब्धिको माध्यमबाट आ-आफ्ना पार्टीहरूको राम्रो र छिटो विकासलाई प्रवर्द्धन गर्न सहमत भएका छन्।
बिएल संवाददाता - काठमाडौं