सोमबार, १९ जनवरी २०२६

रवि लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण मुछिएका राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विहेको उमेरहद १८ वर्ष कायम गर्न संसदीय समितिको सुझाव, जाेडियाे ‘लिभिङ टुगेदर’ पनि

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको उमेरहद १८ वर्षमा झार्न सुझाव दिएको छ। उमेर नपुगेका केटा र केटीले विवाह गरे बाल विवाह हुने र इगोको भावनाले बाल विवाहमा जाहेरी नदिइ बढी सजाय हुने कसुर जबरजस्ती करणी, अपहरण, शरीर बन्धकतर्फ मुद्दा दायर गर्ने गरिएको हुँदा १८ वर्ष विवाह गर्ने उमेरहद कायम गर्दा उचित हुने सुझाव समितिले दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शेरबहादुर देउवाले बूढानीलकण्ठमा मन्त्रीहरू छलफल गर्ने

कांग्रेसबाट १० र २ राज्यमन्त्रीसहित १२ जना छन्। सरकारका काम कारबाही, अध्यादेश लगायतका विषयमा असन्तुष्टि बढीरहेका बेला आफ्नो पार्टीका मन्त्रीहरूसँग छलफल गर्न लागेकाे देउवाको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि लामिछानेलाई तारेखमा छोड्न वकिलको माग

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई साधारण तारेखमा छोड्न माग गरिएको छ।काठमाडौं जिल्ला अदालतमा बहस गरेका पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले लामिछानेविरुद्ध मुद्दाको आधार जिकिर गर्दै तारेखमा छोड्न माग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देशमा अनावश्यक चिजकाे आयात भइरहेको छः प्रधानमन्त्री

अनावश्यक आयातलाई घटनाउनुपर्ने भन्दै उनले भने, ‘के के क्षेत्रमा आयात हुन्छ र के–के क्षेत्रमा निर्यात हुन्छ। कुन–कुन आयात अनिवार्य र उपयोगी आयात हो, त्यो नगरी हुँदैन हाम्रो विकासका लागि। त्यो चिजलाई बढावा दिनुपर्छ। आयात घटाउने  भनेका छौं  हामीले केही आयात नगरी हुँदैन। तर हामी गर्नुपर्ने आयातभन्दा नगर्नुपर्ने आयात बढी गरिराखेका छौँ। हामी त उपभोक्ता बजारको रुपमा छौं। त्यसकारण उपभोक्ता बजार भन्दा  हामीले उत्पादन केन्द्रको रुपमा देशलाई परिणत गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौंमा चार क्विन्टल रक्तचन्दनसहित दुई जना पक्राउ

काठमाडौं पेप्सीकोलाबाट चार क्विन्टल रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मरिगएँ त मरिगएँ नत्र भोलि लगिदिनू है?

माघीको पूर्वसन्ध्या। गाउँमा माघी महिला महोत्सव चलिरहेको थियो। लोग्ने पर्देशी चौधरी खै गाउँतिर कता हिँडेका थिए। घरमा एक्लै थिइन उनी। डिजे बज्दा सुनिएको थारु भाषाको गीतले मन बिचलित तुल्याइरह्यो। उनी पनि पुराना दिन सम्झिँदै एक्लै सकिनसकि गुनगुनाइ रहिन्: सखिया हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चितवनमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु, ३ जना घाइते

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। माडी नगरपालिका-३ चितवन राष्ट्रिय निकुञ्जभित्र भैंसी चराउन गएकाे समयमा गैँडाले आक्रमण गर्दा साेही ठाउँका ५६ वर्षीय छविलाल बोटेको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

माघे संक्रान्तिमा झुमेकाे टुँडीखेल (तस्बिहरू)

आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व। घ्यू–चाकु, खिचडी, तरुल आदिको पर्वको पहिचान पाएको यो चाड देशभर हर्षोल्लासले मनाइँदैछ। नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्त्वको रूपमा मनाउने गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सार्वजनिक प्रसारण संस्थाले सत्ता र व्यक्तिको चाकडी गर्न थाले: सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक प्रसारण संस्था सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाका रुपमा विकास भएको बताएका छन्। मंगलबार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्रीकाे फाेन वार्ता, विपिन जोशी रिहाइका लागि मागिन्  सहयोग

मंगलबार बिहान भएको टेलिफोन वार्तामा राणाले हमासले बन्दक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि कतारसँग सहयोग मागेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकार आफैँ ढल्छ, धेरै लामाे आयु छैन: प्रचण्ड

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक भएकाे बताउँदै उनले भने, ‘यो सरकार रहिराखोस् भन्ने हाम्रो चाहना त हुँदै होइन। तर अप्राकृतिक भएकाले ढल्नु नै छ, ढलिहाल्छ। हामीले धेरै बल गर्नै पर्दैन। यसको आयु धेरै छ जस्तो लाग्दैन, मैले मिति नै तोक्न सक्ने र मिल्ने कुरा होइन। कांग्रेसकै संस्थापनमै पक्षका नेताहरूको असन्तुष्टिले यो सरकार सहज ढंगले अगाडि जाने देखिएको त छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माघी मनाउन नेताहरू शीतल निवासमा

माघे संक्रान्ति मनाउन नेताहरू राष्ट्रपति कार्यालय शीतल निवासमा भेला भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना गरेको माघी विशेष चियापान कार्यक्रममा सहभागी हुन नेताहरू त्यहाँ पुगेका हुन्। शीतल निवासमा घ्यु,चाकु, तरुल खुवाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

थारु, माघ र मटाँवा

पश्चिम नेपालका थारु समुदाय यतिबेला माघीमय भएका छन्। थारु समुदायमा माघ अर्थात् माघी विशेष र ठूलो पर्व हो। गाउँघरमा यो पर्वको पारिवारिक अनि सामुदायिक रौनकसँगै मेला महोत्सवहरू पनि हुन्छन्। अझ माघीको महत्व थारु समुदायमा ‘अगुवा’को हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

आज माघे सङ्क्रान्ति

आज माघे सङ्क्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिने गरेको पाइन्छ। माघे सङ्क्रान्तिमा पुस मसान्तमै पकाएर राखी भोलिपल्ट माघको पहिलो दिनमा खाने चलन रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस, एक नम्बरमा थापा टप फाईभमा अधिकारी

एक नम्बरमा रमेश थापा बढुवा सिफारिसमा परेका छन्। उनी नेपाल प्रहरी प्रधान कार्यालय नक्शालको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत छन्। त्यसपछि क्रमशः अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल र श्याम कुमार महतो एसएसपीमा बढुवा सिफारिस भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई नै झम्टिरहेको मनको ‘बाघ’

‘मान्छे खुवाएर बाघ पाल्न सकिँदैन…’ केही दिनअघि एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षणकर्मीहरूमाझ सोधेका थिए ‘बाघ पाल्ने लिमिट कति हो?’ औपचारिक कार्यक्रम हलभरि ताली र हुटिङले गुञ्जियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्रपतिलेद्वारा ४ अध्यादेश जारी, रोके भूमि अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा अध्यादेश जारी गरेका छन् भने भूमि अध्यादेश भने राेकेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम ४ अध्यादेश जारी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद भवनको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन्। सोमबार दिउँसो उनले भवनको अवलोकन गर्दै निर्माण पक्षसँग भवन निर्माणको प्रगतिबारे बुझेका थिए। साथै पौडेलसँगै संसद् भवनको अवलोकनका लागि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल पनि पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सकिएन रविकाे थुनछेक बहस, अझै दुई दिन हिरासतमै रहने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अझै दुई दिन प्रहरी हिरासतमै रहने भएका छन्। काठमाडौँ जिल्ला अदालतमा साेमबार पनि थुनछेक बहस नसकिएपछि उनी थप दुई दिन हिरासतमै रहने भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं