मङ्गलबार, २२ सेप्टेम्बर २०२६

मनसुन भित्रिन ११ दिन लाग्ने

मनसुन भित्रन ११ दिन लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको र नेपाल आइपुग्न ११ दिन लाग्ने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सत्तारुढ दलहरूबीच परामर्श नगरेर बजेट ल्याइयो: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट सत्तारुढ दलहरूबीचमा परामर्श नगरेर ल्याएको बताएका छन्। शनिबार नयाँ बानेश्वरमा आयोजित संसदीय दलको बैठकमा उनले परामर्शविना बजेट आउँदा धेरै महत्वपूर्ण विषय छुटेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

माधव नेपाललाई देउवा भेट्न पठाएर प्रचण्डले दिएको सन्देश

माधव नेपाल विपक्षी दलको बैठकबाट फर्किएलगत्तै उनका ‘सम्मानित’ नेता फेरि केही सांसदहरू लगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नका लागि बालुवाटार पुगेका थिए। त्यसपछि फेरि केही बेरमै प्रधानमन्त्री प्रचण्ड, प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालहरूले सिंहदरबारमा बैठक गरे।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

साताका चर्चित १५ तस्बिरहरू

यसै साता अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी अभियोगले पनि चर्चा पायो। इजरायल र प्यालेस्टिनीबीचको युद्ध महिनौँदेखि जारी छ। यस साता मनोरञ्जन क्षेत्र तथा खेल क्षत्रले पनि चर्चा पाए। यस सता विश्वमा कुन–कुन विषयले चर्चा पाए त? रोयटर्सका फोटो पत्रकारले कैद गरेका १५ तस्बिरहरू हेर्नुहोस्:

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

गर्मी कम नभएपछि नेपालगञ्जमा बढाइयो विद्यालयमा बिदा

गर्मी कम नभएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ। उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा बढाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रचण्ड, ओली र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता, के भयाे कुराकानी?

तीन नेताबीच शुक्रबार दिउँसाे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो। भेटका क्रममा उनीहरूबीच समसामयिक राजनीतिक विषय, बजेटलगायतका विषयमा छलफल भएकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चुरेको चीरहरण: पानी अडियो न पैसा जोगियो

सरकारले जसरी चुरे बचाउने नाममा वर्षेनी अर्बौं रकम बगाइरहेको छ, त्यसअघि र अहिले पनि त्यहाँ गैरसरकारी संस्थाहरूले उत्तिकै पैसा लगानी गरिरहेका छन्। तर न चुरेको चित्कार कसैले सुनेको छ न चुरेको छातिमा पारिएका गहिरा चिराहरू कसैले देखिरहेको छ। यसैगरी बरु हरेक दिन चुरे आफै आफै चिराचिरा परिरहेको छ।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सडकमा खटाउने उक्त कार्यले आफ्नो सम्मानपूर्व बाँच्न पाउने हक, हिँडडुल गर्न पाउने हक हनन् भएको भन्दै अदालतमा रिट दायर भएकाे हाे। उनीहरुको रिट निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कसैलाई बलजफती ‘ट्राफिक स्वयमसेवक’ बनाउन हुँदैन- सिताराम हाछेथु (भिडियाे)

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधान चलाएमा सजायस्वरुप ट्राफिक स्वयमसेवक बन्नुपर्ने नियमप्रति आपत्ति जनाउँदै हाछेथुले कसैलाई बलजफती ट्राफिक स्वयमसेवक बनाउन नहुने बताएका हुन्।

सनीराज शाक्य

सनीराज शाक्य - काठमाडाैं

प्रचण्डकाे ब्रिफिङ- वर्तमान समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ

वर्तमान सत्ता समीकरणमा रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राखेको जिज्ञाशामा प्रधानमन्त्री दाहालले भने, ‘सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनकाे प्रश्न- पार्किङले ओगट्ने ठाउँमा फुटपाथ बनाउँदा सडक कसरी साँघुरो हुन्छ?

‘न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन्’, उनले लेखेका छन्, ‘सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प दोषी, जुलाई ११ मा सजाय घोषणा

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहरिएका छन् । न्युयोर्कमा भएको एक ऐतिहासिक आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटा मुद्दामा उनी दोषी ठहर भएका हुन्। अमेरिकाकै इतिहासमा कुनै पनि पूर्व वा सेवारत अमेरिकी राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरिएको यो पहिलो पटक हो। उनलाई के सजाय दिइने छ, त्यसको निर्णय भने जुलाई ११ मा हुनेछ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

मधेशको नेतृत्व जनमतलाई

मधेश प्रदेशमा जनमत पार्टीले सरकारको नेतृत्व गर्ने भएको छ। सत्तारुढ दलहरूबीच बिहीबार भएको सहमतिमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सन्दीपले भिसा नपाउनुमा क्यान दाेषी- खेलकुद इतिहासविद् अर्याल (भिडियाे)

अमेरिकी दूतावासले दाेस्राेपटक पनि सन्दीपकाे भिसा अस्वीकार गरेलगत्तै बिएल नेपाली सेवासँग भिडियाे कुराकानी गर्दै खेलकुद इतिहासविद् अर्यालले उनकाे भिसा अस्वीकृत हुनुमा क्यान दाेषी रहेकाे दाबी गरेका हुन्। त्यसमाथि पनि क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का मुख्य दाेषी रहेकाे उनकाे ठहर छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जाने

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड भ्रमणमा जाने भएका छन्। जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जाने भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन फेरि अस्वीकार गरेकाे छ। बिहीबार अन्तर्वार्ताका लागि दूतावासले पुगेका सन्दीपलाई भिसा दिन अस्वीकार गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो, अन्य कुन ठाउँमा कति?

नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गणतन्त्रपछि मुलुकको विकासले गति लिएको छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र प्राप्तिपछिका अवधिमा मुलुकको समग्र विकासले गति लिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

संवैधानिक परिषद्सम्बन्धी विधेयक राज्यव्यवस्था समितिबाट पारित, यस्ताे छ व्यवस्था

संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था रहेको छ। सो धाराको उपधारा (१) मा प्रधानन्यााधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिस गर्न परिषद् रहने व्यवस्था गरिएको छ। परिषद्को अध्यक्ष र तत्काल बहाल रहेका सदस्य सङ्ख्याको ५० प्रतिशतबाट निर्णय गर्न सक्ने व्यवस्था समितिबाट पारित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं