
सचेतक र कानुमन्त्रीसँग सभामुखको छलफल
सभामुख देवराज घिमिरे सदनको अवरोध खुलाउन सक्रिय भएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख घिमिरेले संसद् अवरोध हटाउने विषयमा प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल गरेका हुन्।

बिएल संवाददाता - काठमाडौं
सभामुख देवराज घिमिरे सदनको अवरोध खुलाउन सक्रिय भएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख घिमिरेले संसद् अवरोध हटाउने विषयमा प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
त्यो हतियार प्रयोग गर्नेबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको सिचुएयसन रुपमा आफ्ना सुरक्षा रणनीतिकारहरूसँग आकष्मिक छलफल गरेका थिए। लगभग डेढघण्टासम्म भएको उक्त छलफलका क्रममा इजरायल-इरानको युद्धमा अमेरिका कसरी जोडिने वा कसरी मध्यस्थता गर्न सकिन्छ भन्नेबारेमा राय लिएका थिए। यसअघि नै इरानमा अमेरिकी सैनिक पठाउने वा नपठाउने भन्नेबारेमा उनका सुरक्षा समूह विभाजित देखिएको थियो। यद्यपि त्यसको तयारी पनि अमेरिकाले गरिरहेको छ।
बिएल संवाददाता - काठमाडौं
गण्डकी प्रदेशसभाका सांसद दीपक मनाङे पदमुक्त भएका छन्। बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले मनाङको प्रदेश ‘ख’बाट निर्वाचित राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ सांसद बन्नका लागि अयोग्य रहेको ठहर गरेको हो।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकले संसद्को रोष्ट्रमबाट भिजिट भिसा प्रकरणका पीडितलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ। गृहमन्त्री लेखकले रास्वपाले नक्कली पीडितहरू खडा जाहेरी दर्ता गराई नियोजित ढंगले आफ्नो विरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए।
बिएल संवाददाता - काठमाडौं
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृतको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ न्यायाधिश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेले उच्च अदालतबाट निवेदनको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश गरेको हो।
बिएल संवाददाता - काठमाडौं
आर्थिक हैसियतभन्दा बढी अकुत सम्पत्ति कमाएको आरोपमा गोल्डेन गेट कलेजका सञ्चालक रमेश सिलवालविरूद्ध सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता भएको छ। धादिङको बेनीघाट-९ मा सामान्य परिवारमा जन्मिएका सिलवालले कलेज सुरू भएको १६ वर्षको अवधिमा ४०० करोड रुपैयाँ बराबरको आय आर्जन गरेको भन्दै सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा जेठ ८ गते उजुरी परेको हो। सिलवालमाथि परेको निवेदनमा भनिएको छ- ‘त्रिचन्द कलेजमा समान्य प्राध्यापन पेशामा रहनुभएका सिलवाल
बिएल संवाददाता - काठमाडौं
प्रमुख तीन दलका शीर्ष नेताहरूबीच हुने भनिएको भेटवार्तामा माओवादी अध्यक्ष प्रचण्ड अनुपस्थित भएका छन्। प्रचण्ड उपत्यकाबाहिर भएको र बिहीबार मात्रै फर्किने जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रे सभापति शेरबहादुर देउवा मात्रै छलफलमा जुटेका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने स्पेन भ्रमणमा जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १६ देखि २१ गतेसम्म प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।
बिएल संवाददाता - काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ सय ६० ग्राम सुनसहित एक भारतीय महिला पक्राउ परेकी छन्। मंगलबार राति दुबईबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं उत्रिएकी भारतीय नागरिक मिना सुर्जित सिंह खेमानीलाई उक्त सुनसहित विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
संसदका तीन ठूला दलका शीर्ष नेताहरू आज फेरि छलफलमा बस्ने भएका छन्। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता तय भएको हो।
बिएल संवाददाता - काठमाडौं
आयोगले मंगलबार गरेको यस्तो प्रस्तावलाई धेरैजसो सदस्य राष्ट्रहरूले अनुमोदन गर्ने अपेक्षा गरिएको छ। रूसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उत्पादन हुने वा निर्यात गरिने पाइपलाइन ग्यास र तरल प्राकृतिक ग्यास प्रतिबन्ध गर्नुपर्ने प्रस्ताव इयुले अघि सारेको हो। यद्यपि हंगेरी र स्लोभाकियाले भने यसको विरोध गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘हामीलाई राम्रोसँग थाहा छ कि इरानका सर्वोच्च मानिने नेता कहाँ लुकेका छन् भनेर। हाम्रो लागि उनी निकै सजिलो निशाना हुन्। अहिले भने उनी सुरक्षित छन्’ ट्रम्पले लेखेका छन् ‘हामी उनलाई मार्न चाहिरहेका छैनौं। कम्तीमा अहिले त त्यस्तो हुँदैन। तर हामी थप आम नागरिक मरिरहेको पनि पनि हेर्न चाहन्नौं। अब यो सह्यै हुँदैन।’
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रहरीको साइबर ब्यूरोले पत्रकार दिलभूषण पाठकलाई यधाशीघ्र उपस्थित हुन् सार्वजनिक सूचना जारी गरेको छ। उच्च अदालत, पाटनले सोमबार मात्र उनीमाथि धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। उक्त आदेशपछि पाठकलाई आफैं ब्यूरोमा उपस्थित भएर अनुसन्धानमा सघाउन आग्रह गर्दै सार्वजनिक सूचना जारी भएको हो।
बिएल संवाददाता - काठमाडौं
विदेशमा पाएको ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि स्वदेश फर्किएका संयुक्त राज्य अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पाले आज प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताएका छन्। मंगलबार तीन लाख रुपैयाँ धरौटीमा छुटे पश्चात उनले धरौटीमा छोड्ने अदालतको फैसलाले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताए।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निलो रिबन लगाएर संसदमा रास्वपा सांसदहरूले अभद्र शैली प्रदर्शन गरेको आरोप लगाएका छन्। मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बर्तौलाले रास्वपा सांसदहरूले अभद्र शैलीका साथ संसद अवरोध गरेको टिप्पणी गरे।
बिएल संवाददाता - काठमाडौं
जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार केही मिनेट बसेर स्थगित बैठक सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि स्थगित गरेका हुन्। मंगलबार नै साढे ४ बजेपछि बस्ने सूचना टाँस गरिएको बैठक दलहरूबीच सहमति नजुटेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर असार ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। असार ४ गते बुधबार बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको पौडेलले बताए।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरोधलाई निरन्तरता दिएपछि सभामुख देवराज घिमिरे जारी अवरोध हटाउन सक्रिय भएका छन्। मंगलबारको बैठकमा रास्वपा सांसदहरूले मानव बेचविखनविरुद्धको प्रतिक ‘निलो रिबन’ लगाएर सदनमै प्रवेश गरेपछि सभामुखले बैठक नै स्थगित गरेर प्रतिनिधि सभाका पाँच ठूला दलहरूसँग छलफल थालेका हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .