
कर्णालीका कथा सुनाउन ३१ दिन खालीखुट्टा हिडेर आए, भेट्न पाएनन् प्रधानमन्त्री
३१ दिन यात्रा तय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संघीय राजधानी काठमाडौं आएका सुर्खेतका नवराज बोहोरालाई प्रधानमन्त्रीसँग भेट गर्न दिइएन्। मंगलबार सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी काठमाडौं आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरोध गरेको थियो। प्रहरीको निगरानीमा रहेका उनलाई प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइयो।

बिएल संवाददाता - काठमाडौं