सोमबार, १५ सेप्टेम्बर २०२५

सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा सीमा स्तम्भ रङ्गरोगन

सरकारले पहिलोपटक सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको जिम्मेवारी दिएपछि सन् २०१४ पछि बनेका सीमा स्तम्भमध्ये बिजोडी स्तम्भ सशस्त्र प्रहरीले रङ्गरोगन गरेको हो। यहाँस्थित सशस्त्र प्रहरी बल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरी बलको जिम्मा दिइएका ६६  सीमा स्तम्भ हालै रङ्गरोगन गरिसकिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर (कञ्चनपुर)

बझाङमा जिप दुर्घटना हुँदा १ को मृत्यु, २ जना घाइते

बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन्। बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चैनपुर (बझाङ)

घर–घरमै जन्मदर्ता

सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पुर्‍याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो। 'छारीको न्वारनमात्र सकिएको थियो। जन्मदर्ता वडामै बनाएर आज पुर्‍याउन आउनुभएछ। वडा कार्यालय टाढा छ, पुगेर आउने हैरान नै घट्यो,' बेबिकाले भनिन्, 'यहाँ कति जनालाई त जन्मदर्ता ३५ दिनभित्र बनाई सक्नुपर्छ भन्ने पनि थाहा छैन। वडाले आफैं बनाई दिएर घरमै ल्याइदिन थालेछ खुसी लाग्यो।'

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

प्रदूषण बढेपछि थाइल्यान्डमा घरबाट नै काम गर्न आग्रह

थाइल्यान्डको राजधानी बैङ्ककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैङ्कक शहरका कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको छ। करिब एक करोड १० लाख जनसङ्ख्या रहेको यस शहरमा कामदारहरूलाई प्रदूषणबाट बच्नका लागि शहरका अधिकारीहरूले कम्तीमा शुक्रबारसम्म सकेसम्म घरबाट नै आफ्नो सेवा प्रवाह गराई सहयोग गर्न त्यहाँका सरकारी अर्ध–सरकारी, निजी कार्यालय सङ्घसंस्था र रोजगारदाताहरूसँग आग्रह गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक

पानामा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ४ काे मृत्यु, ७ बेपत्ता

सेनाले हालसालै अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनहरूद्वारा आप्रवासी तस्करीको सामना गर्न आप्रवासी डुङ्गाहरूको बढ्दो आगमन रोक्न गस्ती र अन्य उपायहरू बलियो बनाएको बताएको छ।  सन् २०२३ मा मात्रै पाँच लाख २० हजार ८५ आप्रवासी कोलम्बियाबाट पानामा ड्यारियन सीमा क्षेत्र हुँदै गएका थिए। यसैगरी सन् २००९ देखि २०२२  सम्म यही मार्गबाट आएका पाँचलाख १४४ भन्दा बढी आप्रवासी रहेको पानामाको राष्ट्रिय आप्रवासी सेवाको तथ्याङ्कले देखाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो

दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तस्थित खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। दाभाओ डे ओरोको प्रान्तीय सरकारले सामाजिक सञ्जालमा जनाए अनुसार उद्धारकर्ताहरूले हराइरहेका ३६ जना व्यक्तिहरूको खोजी गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - डाभाओ डे ओरो

‘राजनीतिक दलले असल व्यवहार अनुसरण गर्नुपर्छ’

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र तिनका नेताले राम्रो काम र व्यवहारको अनुसरण गर्नुपर्ने बताएका छन्। उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा प्रजातान्त्रिक योद्धा गम्भीरबहादुर थापाको बिहिबार सालिक अनावरण गर्दै सभामुख घिमिरेले थापाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाईघाट (उदयपुर)

मृत्युमार्ग बन्दै ‘लुम्बिनी’का सडकमार्ग: तीन दिनमै २२ जनाको निधन

विशेषतः प्रदेशको पहाडी जिल्लामा भएको दुर्घटनामा परेर हताहत हुने सङ्ख्या बढी रहेको छ। ट्राफिक प्रहरी, सवारी चालक एवं बस व्यवसायीहरुको चेपुवामा यात्रुहरुले ज्यान गुमाइरहँदा यी सरोकारवाला एकअर्कालाई दोषारोपणम दिइरहेका छन्। ट्राफिक प्रहरीले चालक, सडकको अवस्था एवं सवारीको स्थितिलाई देखाउँदै यिनीहरुलाई दुर्घटनाको कारक बताइरहेको छ। बस व्यवसायीहरुले भने ट्राफिक प्रहरीले दुर्घटनाका नाममा अनावश्यक जाँच गरी मानसिक तनाव दिएको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

नेपाली चिकित्सकहरूको युएसएमएलई प्रकरण पुग्यो अदालतमा, यस्तो भयो आदेश

नेपाली चिकित्सकहरूको युएसएमएलई परीक्षाफल रद्द प्रकरण युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीमामा पुगेको छ। प्रभावित चिकित्सकहरूको तर्फबाट द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरुद्ध दायर गरिएको मुद्दामा परीक्षा रद्दको सूचना नै रद्द नभए पनि अदालतको अर्को आदेश नहुञ्जेलसम्म नेपाली चिकित्सकहरूलाई दिइएको समयसीमा भने स्थगित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

दाङमा गोली हानेर एक महिला प्रहरीको हत्या

दाङमा गोली हानेर एक महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेकी वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको गोली हानी हत्या भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

गैरआवासीय नेपाली संघको जग्गा नै सरकारी, घले-भट्ट-लामाले लिनुपर्छ जिम्मेवारी

बालुवाटारस्थित ललिता निवासको करिब एक सय ३६ रोपनी जग्गा सरकारका नाममै कायम हुने विशेष अदालतको फैसलाले गैरआवासी नेपाली संघको तीन रोपनी जग्गा पनि सरकारी भएको छ। यसका लागि जग्गा किन्न निर्णायक रहेका शेष घले, भवन भट्ट र सोनाम लामाले जिम्मेवारी लिनुपर्ने आवाज उठेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौैं

अमेरिका पठाउन नेपाल ल्याइएका भारतीयको दर्द– हामीलाई घरभित्रै थुनेर पाइपले कुट्दै पैसा माग्थे एजेन्टहरू (भिडियो)

एकदिन एजेन्टले आफूसँगै भएको साथीलाई मेक्सिको पुगेको देखाउन हरियो पर्दा, त्यहाँको समय जनाउने घडी, नक्कली हवाइ टिकट र बोर्डिङ पासहरू देखाएर परिवारसँग कुरा गर्न लगायो, भूपेन्द्रले उनीसँग कोड भाषामा कुरा गर्न खोजे एजेन्टले थाहा पाइहाल्यो, त्यसपछि उनले फेरि एजेन्टको पाइपको भेटे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललिता निवास जग्गा प्रकरणः दोषी ठहर भएका १२ जनामध्ये कसलाई कति साजय? (पूर्णपाठ)

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा १२ जना दोषि हठर भएका छन्। बिहीबार विषेश अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले १२ जनलाई दोषी ठहर गर्दै साजय तोकेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललिता निवासमा मीनबहादुर गुरूङलाई दुई वर्ष कैद

बिहीबार विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषि ठहर गर्दै दुई वर्ष कैद र ८० लाख रुपैया जरिवाना तोकेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माल्दिभ्सले गर्‍यो ८ नेपालीलाई देश निकाला

माल्दिभ्स सरकारले ८ जना नेपालीसहित १८६ विदेशीलाई देश निकाला गरेको छ। माल्दिभ्सको गृह मन्त्रालयका अनुसार उनीहरूलाई लागु औषधको व्यापार र भिसा दुरुपयोग गरेको आरोप प्रमाणित भएपछि डिपोर्ट गरिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललिता: गच्छदारलाई सफाइ, पूर्व अख्तियार प्रमुखलाई सजाय 

ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार र डम्बरकुमार श्रेष्ठले सफाइ पाएका छन्।  विशेष अदालतले उनीहरुमाथिको आरोप दाबी पुग्न नसकेको भन्दै बिहीबार सफाइ दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समिक्षा अधिकारीको आवाजमा रहेको गीत ‘मुना मदन’ सार्वजनिक 

गायिका समिक्षा अधिकारीकाे आवाजमा रहेको ‘मुना मदन’ बोलको गीत सार्वजनिक भएको छ। गीत बुधबार गाेविन्द पौडेल नामक युट्युब च्यानबाट सार्वजनिक भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनी प्रादेशिक अस्पतालमा एनजीओग्राम सेवा

एनजीओग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकएज’ परीक्षण गर्ने विधि हो। सो सेवा सञ्चालनमा आएपछि लुम्बिनी प्रदेश र आसपासका जनता उपचारका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लमजुङमा एक सय आठ फिटको महादेवको मूर्ति निर्माण हुँदै

कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि महादेवको मूर्ति निर्माण गरिरहेको हो। संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलका अनुसार यस मूर्तिको रङरोगन गर्ने कार्य मात्र बाँकी रहेको र अब डेढ महिनाभित्रमा सकिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

म्याद गुज्रिएका औषधि भेटिएपछि दुईवटा फार्मेसी बन्द

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं