
आयोगको निष्कर्ष: बालकुमारी घटनाको मुख्य कारण प्रकाश ज्वाला
गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुईजना युवाको ज्यान गएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासमेत जिम्मेवार भएको निष्कर्ष निकालेको छ। घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न बनेकाे आयोगले शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको अधिकारीहरूले जनाएका छन्।

बिएल संवाददाता - काठमाडाैँ