आइतबार, १४ सेप्टेम्बर २०२५

आजदेखि इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

विभागका महानिर्देशक तामाङले समग्र अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी बनाउनका लागि सरल, सहज र छिटो छरितो सेवा प्रवाह गर्न पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रणाली प्रारम्भ गरिएको जानकारी दिए। उनले यसै महिनादेखि डिजिटल हस्ताक्षर पनि प्रयोगमा ल्याइने बताए। विभागले नयाँ वेवसाइट आजैदेखि सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्कटका बेला प्रधानमन्त्री भएँ, देशलाई सङ्कटबाट मुक्त गर्न कोसिस गरिरहेको छु: प्रधानमन्त्री प्रचण्ड

‘म सङ्कटका बेला प्रधानमन्त्री भएँ। देशलाई सङ्कटबाट मुक्त गर्न मैले लगातार कोसिस गरिरहेको छु’, उनले भने, ‘तीन तहको सरकार नै प्रभावकारी बनाउने गरी छलफल गरेका छौँ। प्रदेश र स्थानीय तहलाई बलियो नबनाइकन व्यवस्था बलियो बनाउन सकिँदैन। यसमा हामी गम्भीर छौँ। हामीले फड्को हान्न सक्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सगरमाथा विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढ्छ: मन्त्री किराँती

आज बिहान सो क्षेत्रको निरीक्षणपछि उनले उक्त विमानस्थल निर्माणका लागि पटक–पटक आवाज उठिसकेकाले मन्त्रालयले अब प्रक्रिया छिट्टै अघि बढाउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

वार्ताका क्रममा पहिचानका आधारमा पुन: नामाङ्कन गर्न दुवै पक्षले पहल गर्ने सहमति भएकाे छ। यसैगरी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने र आन्दोलनकारीलाई लगाएको मुद्दा फिर्ता लिने सहमति भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल व्यापार सर्वेक्षण: करिब ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालनमा

मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव आठ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिपक्षले उठाएका मुद्दालाई समस्या ठान्नु लोकतन्त्रसम्मत हुँदैन: सांसद पोखरेल

प्रतिपक्षले बेला–बेलामा विभिन्न विषय उठाएर अवरोध गर्दा पनि कानुन निर्माणले गति लिन नसकेको सरकार पक्षको आरोप छ नि भन्ने प्रश्नमा उनले भने, ‘संसद्मा प्रतिपक्षले अवरोध गर्यो भनेर सरकारले गुनासो गर्नु उचित होइन। सदनमा जनताको मुद्दा आउनु त राम्रा हो, त्यसलाई समस्या ठान्नु लोकतन्त्रविरोधी सोच हो।’ जनआवाजलाई मुखरित गर्दा समस्या ठानिनु लोकतान्त्रिक चरित्र नहुने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ड्युटीकाे क्रममा भ्यानबाट खसेर प्रहरी सहायक हवल्दारकाे मृत्यु

प्रहरीकाे रातिको सुरक्षा योजनाअनुसारको चेकिङ ड्युटी सकेर माेबाइल ड्युटीमा खटिएका उनकाे भ्यानबाट खसेर मृत्यु भएकाे प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनुसन्धानकर्मीलाई झुक्काइरहेको बाँदर!

वडा रुख काट्ने अभियानबाट पछाडि हट्यो। बाँदरको अत्याचारबाट आक्रान्त भएको मानिस बाँदर नियन्त्रणमा जस्तोसुकै अप्रिय र अनौठो निर्णय लिन पनि तयार छ भन्ने यसले देखाउँछ। गुल्मीको रुरु क्षेत्र गाउँपालिका–२ ग्वाँदीका बाँदर प्रभावित किसानलाई बिहीबार गुलेली र मटेङ्ग्रा बाँडेको विषयले पनि चर्चा पायो।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौतामा हस्ताक्षर

अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो। परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अपाङ्ग संघमा बदमासी-१० : ७० वटा सटर भाडामा लगाइरहेको भवन नै अनधिकृत, डेरावालाबाट असुलेर नगरपालिकामा १९ लाख कर छली

संघको गेटमै टाँसिएर बनेको भवनमा अन्डरग्राउन्डसहित लगभग ७० भन्दा बढी सटर छन्। सबै सटर भाडामा लगाइएको छ। संघले डेरावालहरूसँग बहाल करसमेत लिने गरेको छ। तर, त्यो करको रकम स्थानीय तहमा भने निक्कै कम मात्र बुझाएर कर छली गरेको देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बरु मौनता बढोस्’ को म्युजिक भिडियो रिलिज

यस गीतको म्युजिक भिडियोमा सरोज खनाल, शर्मिला मल्ल, निशा कार्की, महेश खड्का र अनुरोध अधिकारीले अभिनय गरेका छन् भने भिडियोको निर्देशन दिनेश डीसीले गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय प्रजातन्त्र दिवस ३ दिन भव्यताका साथ मनाउने सरकारकाे निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अस्ट्रेलिया यु- १९ विश्वकपको फाइनलमा, उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने

गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चिराइतो मुल्य बढ्दो, उत्पादन घढ्दो 

फक्ताङलुङ गाउँपालिका–४ सुङसाबुका अमर लिम्बूले विगतमा ३५ मनसम्म चिराइतो उत्पादन गर्थे। उनले चिराइतो भरियामार्फत ढुवानी गरेर बिक्रीका लागि ओलाङचुङगोलासम्म पुर्याउँथे। ओलाङचुङगोला नजिकै रहेको टिप्ताला नाका हुँदै चिराइतो चीनमा निर्यात हुन्थ्यो।

बिएल संवाददाता

बिएल संवाददाता - फुङ्लिङ

नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ। नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो। यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिन्छ। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिष्ट)मा परेका छन्। सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ती सूचीलाई बिहीबार सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो। तर उनलाई नगरपालिकाले निःशुल्क पढायो। गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी उनी  ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शत्प्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण भइन्। हाल उनी स्नात्तकोत्तर अध्ययन गरिरेकी छिन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सूर्योदय

पन्ध्र वर्षपछि ढोरपाटनको जैमिनी–बरेङ–शान्तिपुर सडक कालोपत्र हुँदै

दुई खण्डमा विभाजन गरेर अहिले काम भइरहेको छ। पहिलो खण्डअन्तर्गत कुश्मिसेराबजारदेखि राङ्खानीसम्मको १० किलोमिटर शर्मा क्याराभान जेभी २०७६ असोज २८ गते र  कुश्मिसेरादेखि बरेङसम्मको दोस्रो खण्ड रौताहा खानी धुलिखेल जेभीले २०७८ असार ३० गते सम्झौता गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?

नेपाल प्रहरीले ठुलो सङ्ख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ। प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादी केन्द्रको स्थायी समिति बैठक आज, यस्ता छन् एजेण्डा

नेकपा (माओवादी केन्द्र)को  स्थायी समिति बैठक आज र भोलि बस्ने भएको छ। पार्टीका सचिव गणेश साहका अनुसार आज दिउँसो ३ बजेका लागि स्थायी समिति बैठक बोलाइएको छ।  फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक स्थायी समिति बैठक बस्न लागेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ