ज्योति देवकोटा
नेपाल वायुसेवा निगमको आम्दानी दोब्बरले बृद्धि भएको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै गएको तीन वर्षमा आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भएको निगमले जनाएको छ।
निगमकाअनुसार आर्थिक वर्ष २०७९/८० को प्रारम्भिक कुल आम्दानी रु. २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको रहेकाे छ। निगम याे आम्दानी गत ३ वर्षकाे आम्दानीमा १४४ प्रतिशतले बढी भएकाे निगमकाे भनाइ छ।
निगमकाे गएकाे आर्थिक वर्ष २०७७/७८ मा आम्दानी रु. ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रहेको थियो आव २०७८/७९ मा रु. १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रहेको थियाे।
निगमकाे आम्दानी बढेकाे भए पनि निगम अझै ४८ अर्ब ऋणमा छ। निगमसँग ८ बर्षदेखि अन्तर्राष्ट्रियतर्फ ४ वटा र आन्तरिकतर्फ २ वटा जहाज उडानमा रहेका छन्।
वर्तमान नेतृत्वले उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धी हासिल गर्न सफल भएको विज्ञप्तिमा छ।
थप समाचार
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया