शुक्रबार, १६ जनवरी २०२६

वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै

वीरगञ्जसहित बारा-पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगलाई विद्युत् आपूर्ति गर्न चालु प्रसारण लाइन तथा सबस्टेसनको स्तरोन्नति भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार उच्च क्षमताका केही प्रसारण लाइन तथा सबस्टेसन निर्माणाधीन छन् भने केही प्रस्तावित छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहा, यी हुन् आर्थिक ऐनले दिएका सात ‘स्कीम’

आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भई पछिल्लो दुई आर्थिक वर्षको आयकर बुझाउने करदातालाई ब्याज र जरिवाना छुट गरिएको छ भने त्यसअघिको सबै आयकर मिनाहा गरिएको छ। यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) मा पनि विभिन्न छुट तथा सहुलियतका कार्यक्रम ल्याइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोलामा १७ सयले बढ्यो सुनकाे मूल्य

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १७ सयले बढेर १ लाख ४२ हजार २०० कायम भएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ५०० पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तथ्यमा आधारित बजेट ल्याउँदा धेरै आलोचना भएन: अर्थमन्त्री पुन

‘बजेटमा अलिअलि आलोचना स्वभाविक हो। केही ठाउँबाट आलोचना पनि भएका छन्। अधिकांश क्षेत्रले बजेट सन्तुलित आएको प्रतिक्रिया दिएका छन्’, अर्थमन्त्री पुनले भने। तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएका निकायले स्वागत गरी स्वीकार गरेका उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओरालो यात्रामा नेप्से

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव १९ मा सीमित भएको छ। कुल ९८ लाख ६४ हजार चार सय ८२ कित्ता शेयर रु चार अर्ब २१ करोड ७४ लाख ९४ हजार एक सय ९५ मूल्यमा कारोबार भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फलामको कच्चा पदार्थमा कर हेरफेर: सरकारको अस्थिर नीति, व्यवसायीको दोहोरो चरित्र

आर्थिक विधेयक, २०७८ (प्रतिस्थापन)मार्फत सरकारले तय गरेको राजस्व नीतिपछि स्टिल उद्योगीको छाता संस्थामा फुट मात्रै देखिएन, सरकार माथिसमेत नैतिकता र आर्थिक/राजस्व अनुशासनको गम्भीर प्रश्न उठाइयो। स्पञ्ज तथा स्क्राप र बिलेटको करसम्बन्धी विवाद पछिल्लो तीन वर्षयता सरकारले आर्थिक ऐनमार्फत करका दर हेरफेर गर्दा सबैभन्दा बढी चासो दिइने र ‘बजार तरङ्गित’ हुने विषय बन्न पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निरन्तर बढ्याे सुनको मूल्य

बुधबार प्रतितोला रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको छ’

‘आगामी आवको बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास गरेको छ। हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको छ’, अर्थमन्त्री पुनले भने। आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऋण माग्दा पनि साढे पाँच खर्ब घाटाको बजेट कसरी बाँडिएको छ?

यो बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोडअर्थात् १८ दशमलव ९४ प्रतिशत छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

निजी क्षेत्रले भन्यो– बजेट लगानीमैत्री आएको छ

सरकारले ल्याएको बजेट निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ। महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट  लगानीमैत्री आएको प्रतिक्रिया दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बजेटमा सुनिएका लोकप्रिय धुनहरू

बजेटमा आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास, समावेशिता र सामाजिक सुरक्षा र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधारका पाँच प्राथमिकता निर्धारण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सरकारको बजेट: कृषिमा लगानी दशक घोषणा, मुलुकलाई सूचना प्रविधि हव बनाउने योजना

सरकारले ५ उदेश्य, ५ प्राथमिकता, ५ रणनीति र ५ प्राथमिकतासहित १८ खर्ब ६० अर्ब ३० करोड बजेट ल्याएको छ। जसमा चालुतर्फ रु. ११ खर्ब ४० अर्ब  ६६ करोड अर्थात् ६१.३१ प्रतिशत र पुँजीगततर्फ रु. ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत बजेट प्रस्तुत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

करका दरमा हेरफेर: कुन–कुन क्षेत्रमा घटबढ भयाे?

स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योगलगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रम-राेजगारका लागि ८ अर्ब बजेट, प्रधानमन्त्री राेजगार कार्यक्रमलाई मात्रै ६ अर्ब

सरकारले आगामी आर्थिक श्रमिकलाई उचित र मर्यादित श्रम अभ्यास गर्ने हक सुनिश्चित गर्ने, श्रम शक्तिलाई दक्ष र व्यावसायिक बनाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने, रोजगार बैंकको स्थापना गरी रोजगारीसम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने, थप तीन प्रमुख गन्तव्य मुलुकसँग द्बिपक्षीय श्रम सम्झौता गर्ने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेटमा सुधारका कार्यक्रम देखिएनन्: पूर्वअर्थमन्त्री महत

अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको बजेटबारे कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले यसअघि बोले जस्तो बजेटमा नआएको टिप्पणी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने सरकारकाे अनुमान

सरकारले आर्थिक वर्ष २०८१/८१ काे बजेटमा प्रस्तुत नीति तथा कार्यक्रमकाे कार्यन्वयनबाट आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले ल्यायाे १८ खर्ब ६० अर्ब ३० करोड बजेट (पूर्णपाठ)

मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षामान पुनले आव २०८१/८२ का लागि प्रस्तुत गरेकाे बजेटमा चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आलु, प्याज, स्याउलगायत फलफूलमा लागेकाे मूल्य अभिवृद्धि कर खारेज

सरकारले आलु, प्याज, स्याउलगायत फलफूलमा लगाएकाे मूल्य अभिवृद्ध कर खारेज गरेकाे छ। संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले साे घाेषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सार्वजनिक संस्थान चलाउन होल्डिङ कम्पनी, नागरिक उड्ययन प्राधिकरणको पुन:संरचना

उनले सार्वजनिक संस्थानहरूको सम्भाव्यताका आधारमा पब्लिक लिमिटेडका रुपमा विकसित गरिँदै लैजाने पनि बताए। त्यस्तै रुग्न उद्योगहरूलाई सार्वजनिक निजी सोझेदारीमा सञ्चालन गरिने पनि उनले घोषणा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’का लागि १० करोड बजेट

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै 'प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम' अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि १० करोड बजेट विनियोजन गरेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं