बिएल संवाददाता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि निजी अस्पतालले मापदण्ड पूरा गरेन भनेर अस्पताल नै बन्द गर्न सम्भव नरहेको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एसोशिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को २६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले निजी क्षेत्रको ठुलो उपस्थिति रहेको भन्दै मापदण्ड पूरा गरेन भनेर अब अस्पताल नै बन्द गर्न सम्भव नरहेको बताएका हुन्।
पहिला सरकारले स्वीकृति दिँदा मापदण्डका बारेमा कडा हुन नसकेको र अहिले यहाँसम्म आइपुग्दा कडा हुन खोजेर सम्भव नहुने बताए।
उनले भने, ‘निजी क्षेत्रको सबै सेक्टरमा महत्वपूर्ण योगदान छ। स्वास्थ्यको दायरा बढाउन, सञ्चार एवम बैंकहहरुको दायरा बढाउने काम निजीले नै गरेका हुन्। नीतिगत रुपमा नेपाली कांग्रेसले नै यसलाई प्रवेश गराएको हो। यसको ठुलो उपस्थिति छ। कुनै अस्पतालले मापदण्ड पूरा गरेन, जग्गा पुगेन, भवन पुगेन भनेर अब अस्पताल बन्द हुन सक्छ? सक्दैन्। पहिला स्वीकृति पनि त सरकारले नै दिएको हो। पहिले स्वीकृति दिँदा मापदण्डका बारेमा कडा हुन नसक्ने अहिले चलेर यहाँसम्म आयो अब कडा हुन खोजेर सम्भव छैन्।’
उनले निजी क्षेत्रको लक्ष्य पनि नागरिकलाई सेवा सुविधा दिने नै रहेको भन्दै यस क्षेत्रलाई बाँध्ने भन्दा पनि खुकुलो छाडेर लगानीको दायरा बढाउनुपर्ने धारणा राखे। मन्त्री पौडेलले नेपालमा गुणस्तरहीन स्वास्थ्य भन्ने भाष्य निर्माण भएको भन्दै स्वास्थ्य कहिल्यै गुणस्तरहीन नहुने बताए।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया