बिएल संवाददाता
सामाजिक सञ्जाल एक्स (ट्वीटर)लाई ब्राजिलमा प्रतिबन्ध लगाइएको छ।
सर्वोच्च अदालतका न्यायाधीशले नयाँ कानूनी प्रतिनिधि नियुक्त गर्नको लागि दिएको समयसीमा पूरा नगरेपछि एक्सलाई प्रतिबन्ध लगाउन आदेश दिएका थिए।
न्यायधीश एलेक्साण्ड्रे दे मोरेसले सोसल मिडिया प्लेटफर्मलाई प्रतिबन्ध लगाउन आदेश दिएका हुन्। एलन मक्सको एक्सले ब्राजिलमा गतल सूचनाहरु सम्प्रेषण गरेको भन्दै गत अप्रिलदेखि विवाद भएको थियो। २० करोड जनसंख्या भएको ब्राजिलमा दुई करोड बढीले एक्सको प्रयोग गर्छन्।
ब्राजिल सरकारसँग विवाद बढ्दै गएपछि एक्सले त्यहाँ रहेको आफ्नो कार्यालय बन्द गरेको थियो। न्यायाधीश मोरेसले एप्पल र गुगलजस्ता कम्पनीहरूलाई एक्सलाई आफ्नो स्टोरबाट हटाउन र आइओएस र एन्ड्रोइड प्रणालीमा यसको प्रयोग ब्लक गर्न पाँच दिनको समय सीमा दिएका छन्।
न्यायाधीश मोरेसले गलत सूचना फैलाएको आरोपमा पूर्वदक्षिणपन्थी राष्ट्रपति जाइर बोल्सोनारोका समर्थकका एक्स खाताहरूलाई ब्लक गर्न आदेश दिएका थिए। उनले कम्पनीका कानूनी प्रतिनिधिहरूलाई कुनै पनि खाताहरू पुनः सक्रिय भएमा जिम्मेवार ठहरिने चेतावनी दिएका थिए।
ब्राजिलको दूरसञ्चार एजेन्सीका प्रमुखले पनि एक्स प्लेटफर्म निलम्बन गर्न आदेश दिइएको पुष्टि गर्दै आदेश पालनाको काम अघि बढेको बताएको रोयटर्सले जनाएको छ। उनले भिपिएन प्रयोग गरेर एक्समा खोलेमा प्लेटफर्मको पहुँच गर्न खोज्नेहरुलाई ब्राजिलियन रियल ५० हजार (नेपाली झण्डै १२ लाख) जरिवाना तिर्नुपर्ने चेतावनी पनि दिएका छन्।
न्यायाधीशको आदेश अनुसार, एक्सले देशमा नयाँ कानूनी प्रतिनिधि नियुक्त नगर्दासम्म र ब्राजिलको कानून उल्लंघन गरेको कारण लागेका जरिवानाहरू नतिरेसम्म प्रतिबन्ध लागु हुनेछ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया