नयाँ वर्ष!
लाग्थ्यो, तिमी फगत बहाना बनेर आउँछौं क्यालेन्डरमा फेरिने अंकहरू मात्र म त उस्तै नै रही आएकी छु सधैं अनि अहिलेसम्म तर, यो वर्ष फरक बनेर आउँदैछौं फरक सायद तिमी होइनौं परिवर्तन त ममा छ अहम् र स्वार्थलाई सिध्याउँदै अनि सहयोग र सद्भावको लाली बन्दै यस्तै उत्साहको सुरुवात र त नयाँ लाग्दैछ
रस्मिला कवाङ ‘रश्मि’ - काठमाडाैँ